१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका  जनकपुर
२०७६ मङ्सिर १३ शुक्रबार ०७:५०:००
Read Time : < 1 मिनेट
प्रदेश

रामजानकी विवाह महोत्सव : अयोध्याबाट आएका जन्तीको मटिहानी र जनकपुरमा भव्य स्वागत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका  जनकपुर
२०७६ मङ्सिर १३ शुक्रबार ०७:५०:००

राम–जानकी विवाह महोत्सव मनाउन भारतको अयोध्याबाट जन्ती टोली बिहीबार जनकपुर आइपुगेको छ । शुक्रबार जनकपुरको बाह्रबिघा मैदानमा राष्ट्रपति विद्यादेवी भण्डारीले जन्तीलाई स्वागत गर्ने कार्यक्रम छ । 

रामायणसहितका धार्मिक ग्रन्धमा उल्लेख भएअनुसार त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन जनकपुरमा भगवान् राम र सीताको विवाह भएको थियो, त्यसैको सम्झनामा हरेक वर्ष भव्य उत्सव मनाइन्छ । यस वर्ष विवाहपञ्चमी १५ मंसिरमा परेको छ । त्यसका लागि बुधबार मटिहानी नाका हुँदै नेपाल छिरेको साधु–सन्तसहितको जन्ती टोली बिहीबार जनकपुर आइपुगेको हो । 

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, प्रहरी उपरीक्षक शेखर खनाल, सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीलगायत स्थानीयले जनकपुरमा टोलीको भव्य स्वागत गरे । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव भने १० मंसिरदेखि नै सुरु भइसकेको छ, १६ मंसिरसम्म महोत्सव चल्नेछ ।