मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अमुल थापा
२०७५ पौष २८ शनिबार १७:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

पत्रकार सम्मेलनमा भक्कानिए विवेकशील साझा पार्टीका प्रवक्ता आचार्य

Read Time : < 1 मिनेट
अमुल थापा
२०७५ पौष २८ शनिबार १७:३४:००

पार्टी फुटपछि आयोजित पत्रकार सम्मेलनमा विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्य भक्कानिएका छन् । पार्टी फुटकाे बारेमा धारणा राख्दै पार्टीले शनिबार पत्रकार सम्मेलन राखेको थियो । सम्मेलनकाे सुरुवात गर्दै गर्दा आचार्यको गला अवरुद्ध भएकाे हाे ।

'बैकल्पिक शक्तिमा पार्टीलाई लैजाने भन्दै गर्दा फुटेकाे खबर सुन्दा कस्काे चित्त दुख्दैन र ?' डा. आचार्यले भने, 'शुक्रबार गोरखाकाे कार्यक्रममा हुँदा रविन्द्र जीले मोबाइलमा पार्टी फुटेको सन्देश पठाउनु भयाे ।' डा. आचार्यले बैकल्पिक राजनीतिककाे बहस हुँदै गर्दा पार्टी फुटकोमा केन्द्रीय कमिटीको तर्फबाट क्षमा मागेका छन् । 

उता पार्टीका संयोजकका एक उज्वल थापासहित १६ केन्द्रीय सदस्यले विवेकशील नेपाली दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका थिए ।