१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर १२ बिहीबार १६:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

पेट्रोलियम पदार्थ खोजमा महत्वपूर्ण मानिने 'साइस्मिक सर्वे'को काम तिब्र

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर १२ बिहीबार १६:२५:००

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणका लागि महत्वपूर्ण मानिने 'साइस्मिक सर्वे'को काम तिब्र पारिएको छ । जिल्लाको विभिन्न स्थानमा यस सर्वेको काम तिब्र पारिएको हो । नेपाल र चीन सरकारको संयुक्त टोलीले पेट्रोलियम अन्वेषणको काम अगाडि बढाउँदै आएका छ । विदेशमा पेट्रोलियम अन्वेषण काममा अनुभव प्राप्त गरेका नेपाली कामदारहरुसमेत अन्वेषणमा खटिदै आएका छन् । 

साइस्मिक सर्वेपछि पेट्रोलियम पदार्थको भण्डारण क्षेत्र पहिचानकाे काम सुरू हुने छ । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलिय भण्डारणको बढी सम्भावना भएकाले जिल्लाका विभिन्न स्थानहरूमा १० ठाउँमा जमिन मुनी डिलिङ्ग गरिएको छ ।

अनुसन्धानमा जमिन मुनी तरङ्ग पठाएर सोहीअनुसार बढी पेट्राेलियको भण्डारण भएको स्थान ड्रिलिङ्गको काम हुने खानी तथा भूगर्व विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले जानकारी दिए । साइस्मिक सर्वेका लागि भिरालो जमिन र चट्टानहरु भएका कारण समस्या थपिएकाे उनले बताए । अन्वेषणका लागि एक समूहमा ८ जना नेपाली र २ जना चिनियाँ विज्ञहरु संलग्न रहेका छन् ।