१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
  मनिष खड्का 
२०७५ पौष २८ शनिबार १७:२३:००
Read Time : < 1 मिनेट
समाचार

कनिका छरे जसरी बजेट हाल्दैमा विकास हुँदैन : मन्त्री केसी

Read Time : < 1 मिनेट
  मनिष खड्का 
२०७५ पौष २८ शनिबार १७:२३:००

कर्णाली प्रदेशका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले बजेट कार्यान्वयन प्रदेश सरकारको प्रमुख प्राथमिकतामा रहेको बताएकी छन् । रुकुम पश्चिमको सदरमुकाम मुसीकोटमा प्रेस सेन्टर र प्रेस चौतारीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रदेश सरकारको ध्यान बजेट कार्यान्वयनमा रहेको बताइन । विनियोजित बजेट कार्यान्यन सरकारको प्रमुख चुनौती भएको भन्दै मन्त्री केसीले बजेट कार्यान्वयन सरकारको प्रमुख प्राथमिकतामा रहेको बताइन । 

साथै उनले आगामी योजना निर्माण र बजेट निर्माणका विषयमा पनि सरकारले ध्यान दिएको बताइन् । प्रदेश सरकारका प्रवक्तासमेत रहेकी मन्त्री केसीले आगामी योजना निर्माण गर्दा एक करोड भन्दा कम रकमको योजना नबनाउने प्रदेश सरकारको तयारी रहेको जानकारी दिईन । साना साना योजनामा बजेट हाल्दा प्रगती नदेखिने भएकाले प्रदेश सरकारले एक करोड भन्दामाथिका योजना मात्र बनाउने तयारी गरेको उनको भनाई छ । 

‘कनिका छरे जसरी जताततै बजेट हाल्दा विकासमा ठुलो प्रगति नहुने देखियो, उनले भनिन–प्रदेशमा योजना आयोग बनिसकेको छ, अब योजना बनाउन सरकारलाई सजिलो हुनेछ । साथै उनले आगामी बजेट तथा योजना निर्माण गर्दा अहिलेसम्म अनुदान नै नपुगेका क्षेत्रको पहिचान गरी उक्त क्षेत्रलाई प्राथमिकता दिइने बताइन् । ‘जहाँ अहिलेसम्म कुनैपनि खालका योजना परेका छैनन् उक्त ठाउँ प्रदेश सरकारको पहिलो प्राथमिकतामा हुनेछ । 

त्यस्तै प्रदेशबाट विनियोजित बजेट कसरी खर्च भइरहेको छ र योजना कसरी अगाडि बढिरहेको छ भनेर चासो लिने तथा कमजोरी भएको पाइएमा ध्यानाकर्षण गराउन उनले सबैलाई आग्रहसमेत गरेकी छन् ।