मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार १६:२२:००
Read Time : > 1 मिनेट
समाचार

एउटै फोनकाे मूल्य ५६ कराेड, यस्ता छन् विश्वमा महङ्गाे फोन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार १६:२२:००

पछिल्ला वर्ष बजारमा नयाँ नयाँ प्रविधिको विकास हुँदै गएको छ । यी प्रविधिले मानिसको जीवनमा सहज बनाउँदै आएको छ । यसमध्ये मानिसका लागि फोन अनिवार्य बनेको छ ।

अहिले बजारमा नयाँ र महङ्गो फोन उत्पादनमा प्रतिस्पर्धा तिब्र भएको छ । यस क्रममा एउटै  फोनको मूल्य ५६ करोड रुपैयाँ पर्छ भन्दा दुनियाँ चकित हुन्छन् । तर, विश्वमा लाखौँ होइन करोडौँको मूल्य पर्ने फोन निर्माण भएका छन् । अहिले विश्वमा भएका चार महङ्गो फोन यस्ता छन् ।

हिरा जडित आइफोन

विश्व चर्चित कम्पनी आइफोनले निर्माण गरेको फोन विश्वकै सबैभन्दा महङ्गो फोन मानिन्छ । यस फोनको मूल्य ५६ करोड रहेको थियो । यो फोन निर्माण गर्दा ५ सय हिरा प्रयोग गरिएको थियो । यस फोनमा ३२ जिबी मेमोरी रहेको थियो ।

सुन जडित आइफोन 

चर्चित कम्पनी आइफोनले तयार पारेको सुन जडित फोनको मूल्य २१ करोड रुपैयाँ राखिएको थियो । यो फोन स्टुअर्ट ह्यूजले डिजाइन गरेका थिए । यो फोन बनाउन सुन र केही मात्रामा हिराको प्रयोग गरिएको थियो । ३२ जिबीको मेमोरी कार्ड भएको यो फोन सन् २००९ मा बजारमा आएको थियो ।
सुन जडित क्रिप्टो फोन

विश्वमा निर्माण भएको महङ्गो फोनमा क्रिप्टो फोन तेस्रो स्थानमा रहेको छ । यो फोनको मूल्य करिब ९ करोड तोकिएको थियो । यस फोनमा केही मात्रामा हिरा र सुनको प्रयोग गरिएको थियो । यो फोन विन्डो सिई अपरेटिङ्ग सिस्टममा निर्माण गरिएको थियो । फोनमा मोटोरोला एमएक्सटुवान प्रोसेसर राखिएको थियो । २.२ इन्च डिस्प्ले भएको यो फोनमा ६४ एमबी इन्टनल स्टोरेज रहेको थियो । यो फोन विश्वकै सुरक्षित फोन मानिन्थ्यो ।
भिआइपिएन कालो हिरा

विश्वमा महङ्गो रहेका फोनहरुमा भिआइपिएन कालो हिरा चौथोँ स्थानमा रहेको छ । यो फोन निर्माण गर्दा हिराको प्रयोग गरिएको थियो । यो फोनको मूल्य २.०७ करोड रहेको थियो । एजेन्सीकाे सहयाेगमा