मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर ११ बुधबार १७:०२:००
Read Time : > 1 मिनेट
समाचार

प्रधानमन्त्रीलाई आराम गर्न भन्नेले देवघाट जाने उमेरकालाई उमेदवार बनाउने ? : प्रचण्ड

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर ११ बुधबार १७:०२:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षी दल कांग्रेस अहिले कै अवस्थामा अगाडि बढे इतिहासमा किम्बदन्तीको रुपमा मात्र रहने चेतावनी दिएका छन् । 

नेकपाले पोखरामा आयोजना गरेको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रसलाई यस्तो चेतावनी दिएका हुन् । अहिले नै ओरालो लागि सकेको कांग्रेसले झुट र बेइमानीको राजनीति नत्याग्ने हो भने इतिहासमा किम्बदन्ती बन्नबाट कसैले रोक्न नसक्ने उनले टिप्पणी छ ।

साथै उनले प्रधानमन्त्रीलाई आराम गर्नु भन्ने पार्टीले देवघाट जानुपर्ने उमेरका व्यक्तिलाई उमेदवार बनाएको टिप्पणी गरेका छन् । ‘हाम्रो प्रधानमन्त्रीलाई कहिलेकाँही विदा लिनुपर्छ भन्नेहरुले ७७ वर्ष व्यक्तिलाई अगाडि सार्ने ?’ उनले प्रश्न गरे, ‘जो देवघाट जानुपर्ने, त्यहाँ गएर ध्यान र ज्ञान सिक्नुपर्ने मान्छेलाई अगाडि सार्ने अनि ६५ वर्षको व्यक्तिलाई रेष्ट गर्ने भन्न मिल्छ त ? 

केही दिन अगाडि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमै भारतले नेपाली भूमि समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरेको भन्दै दिएको अभिव्यक्ति प्रति आक्रोस पोख्दै उनले कांग्रेसलाई इमान्दारिताको राजनीति गर्न सुझाव दिए । कांग्रेस यति धेरै बैमानी र झुट बोल्छ भन्ने आफूलाई नलागेको उनले उल्लेख गरे । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षिय सर्वदलीय बैठकमा कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीको सहमति कायम गर्न र राष्ट्रियता र सार्वभौमिकताका लागि गरेको प्रयासको समर्थन र प्रसंसा गरेका स्मरण गर्दै उनले पोखरा आएर झुट बोलेर बेइमानी गरेको निस्कर्ष निकाले । 

संविधान निर्माणको सहयात्री दल भएकाले कांग्रेस कमजोर होस् भन्ने आफूले नचाहेको टिप्पणी छ । ‘तपाईपनि संविधान निर्माणको सहयोगी सहयात्री हो, तपाईहरु साह्रै तल खसेको, झुट बोलेको सुहाँदैन, झुटो बोल्न छोड्नुहोस्, बैमानीको राजनीति त्याग्नुहोस्,’ उनले भने, ‘होइन भने तपाईहरु इतिहासको एउटा किम्बदन्तीमा सिमित हुनुहुन्छ, कांग्रेस इतिहासमा थियो भन्ने अवस्था नआओस्, त्यो हामीले चाहेका छैनौं ।’