मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ११ बुधबार १८:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रचण्डको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ११ बुधबार १८:३५:००

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । 

चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कांग्रेस उम्मेदवार खेमलाज पौडेललाई लक्षित अभिव्यक्तिप्रति कांग्रेसले आपत्ति जनाएको हो । अध्यक्ष दाहालले कांग्रेस उम्मेदवार पौडेललाई ‘देवघाट पठाउने उमेरमा सांसद ?’ भन्दै टिप्पणी गरेको थिए । 

दाहालको भनाइमा आपत्ति जनाउँदै प्रवक्ता विश्वप्रकाश शर्माले दाहालको उमेर र उचाईले यस्तो बोल्नु शोभनीय हो ? भन्दै प्रश्न गरेका छन् । प्रवक्ता शर्माले भने, ‘कमरेड यहाँको उचाई र उमेरले यस्तो बोल्नु शोभनीय हो ?’ 

७० वर्ष कटेका डोनल्ड ट्रम्प राष्ट्रपति र सोही उमेरका केपी ओली प्रधानमन्त्री बन्न हुने र त्यस्तै उमेरका खेमराज पौडेल सांसद बन्न नमिल्ने भन्दै प्रश्न गरेका छन् ।