मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मणिलाल विश्वकर्मा
२०७५ पौष २८ शनिबार १४:५२:००
Read Time : < 1 मिनेट
समाचार

सिरहामा करिब दुई किलो सुनसहित तीन पक्राउ

Read Time : < 1 मिनेट
मणिलाल विश्वकर्मा
२०७५ पौष २८ शनिबार १४:५२:००

अवैध करिब दुई किलो सुनसहित पक्राउ परेका तीन जनालाई सशस्त्र प्रहरीले शनिबार सिरहामा सार्वजनिक गरेको छ । लहान नगरपालिका, १९ छर्रापट्टिका ३५ वर्षीय अमिरुल खान, ४० वर्षीय मोहमद कयुम र मोहमद रियाज राइनलाई पक्राउ गरिएको हो ।

विशेष सुचनाका आधारमा घुर्मी खोलाबाट शनिबार बिहान उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक सोमबहादुर गुरुङले बताए । कयुम र अमिरुलको साथबाट ५०/५० ग्रामको दुई थान बाला तथा रियाजको साथबाट बाँकी सुन बरामद भएको प्रहरीले जनाएको छ । बरामद सुनको मूल्य करिब ९२ लाख रुपैयाँ बराबर हुने सशस्त्रले जानकारी दिएको छ । 

गुरुङले बरामद सुन, पक्राउ परेका व्यक्ति र उनीहरु चढेको बिआर ३२ पीए ४६४४ नम्बरको जीप आवश्यक कारबाहीका लागि सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान विभाग पठाइएको बताए ।