मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ११ बुधबार ०६:४९:००
Read Time : < 1 मिनेट
अर्थ

सिन्धुलीमा टेलिकमको फोरजी पर्वद्धन कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ११ बुधबार ०६:४९:००

देशभर फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नति कार्यलाई अभियानका रूपमा सञ्चालन गरिरहेको नेपाल टेलिकमले सिन्धुलीमा व्यवसाय प्रवद्र्धन कार्यक्रम गरेको छ । कम्पनीले ‘राइड थु्र सिन्धुलीगढी’ र सांस्कृतिक कार्यक्रमको अवसरमा सिन्धुलीका स्थानीयलाई सिम वितरण गर्नुका साथै सेवा तथा छुटबारे अन्तक्र्रिया कार्यक्रम गरेको हो । सिन्धुलीको मूलकोट, खनियाखर्क, सिन्धुलीमाढी र बलेनीका स्थानीयमाझ कार्यक्रम गरिएको कम्पनीले जानकारी दिएको छ । 

समृद्ध सिन्धुली अभियानद्वारा विजय उत्सवका रूपमा आयोजित साइकल -यालीका अवसरमा टेलिकमले कार्यक्रम गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले पशुपतिनाथ परिसरबाट कम्पनीको लोगो अंकित झण्डा भएको साइकल कुदाएर उद्घाटन गरेको -याली र सांस्कृतिक कार्यक्रममा कम्पनीले सिम वितरण तथा व्यापार प्रवद्र्धन कार्य गरेको हो । -यालीमा विश्व साइकल यात्री पुष्कर शाहसमेत सहभागी थिए । 

कम्पनीले सहप्रायोजन गरेको साइकल ¥यालीका क्रममा मूलकोट र सिन्धुलीमाढीमा सम्पन्न सांस्कृतिक कार्यक्रममा कम्पनीको स्टल राखी सेवा प्रवद्र्धनका कार्य गरिएको थियो ।