१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार १४:३३:००
Read Time : > 1 मिनेट
समाचार

भक्तपुरको तरुल मेलामा उपभोक्ताको भीड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार १४:३३:००

काठमाडौँको कालीमाटी पछिको दोस्रो ठूलो तरकारी बजारको रुपमा भक्तपुरको गठ्ठाघरमा सञ्चालित भक्तपुर तरकारी बजारमा लागेको तरुल मेलामा उपभोक्ताको भिड लागेको छ । 


आगामी माघदेखि पूर्णरुपमा सञ्चालनमा आउने तरकारी बजारमा माघे संक्रान्तिलाई लक्षित गरी २५ पुसदेखि सुरु भएको हो । मेलामा तरुल किन्न जाने उपभोक्ता एवं व्यापारीको भीड लागेको हो । 
भक्तपुरकै ठूलो तरकारी बजारका रुपमा स्थापना भएको यो बजारमा तरुल किन्न कालीमाटीसम्म पुग्न नपर्ने र सस्तोमै लोकल तरुलसमेत पाइने थाहा पाएर तरुल किन्न आएको सानोठिमीका तरकारी व्यापारी कृष्णलाल श्रेष्ठले बताए । ‘तरकारी बजार खुल्दैछ भन्ने सुनेको थिए, तरुल बिक्री सुरु भएको थाहा पाएर यहाँ आएँ,’ उनले भने, ‘अब होलसेलमा तरकारी किन्न कालीमाटी गइरहनुपर्ने आवश्यकता देखिन, बजार खुलेपछि यहीँबाट लगेर व्यापार गर्न सजिलो भयो ।’ भक्तपुर तरकारी बजारमा होलसेलमा तरुल बिक्री गर्दै आएका सिन्धुपाल्चोकका व्यापारी रामकुमार शिवाकोटीले कालीमाटीभन्दा सस्तोमा तरुल बिक्री भइरहेको बताए । 


भक्तपुर तरकारी बजारका सञ्चालक बस्नेतले मेलामा तराई, पहाड र भारतदेखि आयात गरिएको ११ जातका तरुल बिक्री भइरहेको बताए । तरुलको जातअनुसार ढकको २ सयदेखि सात सय रुपैयाँसम्ममा बिक्री भइरहेको बताए । 
हाल तरुल, आलु, पिडालु, सख्खरखण्ड, चौम्सुर पालुङ्गोलगायत माघे संक्रान्तिलाई आवश्यक तरकारीको मेला सञ्चालन गरेको उनकोे भनाइ छ । भक्तपुरको चारवटै नगरपालिकाका कृषकले उत्पादन गरेको तरकारी संकलन गर्न १८ स्थानमा तरकारी संकलन केन्द्र खोलिएको बताउँदै उनले कृषकले बजार खोज्दै भौतारिनु नपर्ने र उपभोक्ताले काठमाडौँको बजार धाउनु नपर्ने बताए । घदेखि बजारमा मौसमी तथा बेमौसमी तरकारी, फलफूल, दुर्गम गाउँमा उत्पादन विभिन्न प्रकारका तरकारी, पीठो, जिउँदो माछा तथा मासु, मसला, डेरी, बेकरी क्याफे, सौन्दर्यका सामग्रीदेखि व्यापारीलाई कारोवार गर्न सहज हुने गरी सहकारी संस्थासमेत सञ्चालन गरिने भएको उनको भनाई छ ।