मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार १४:२६:००
Read Time : < 1 मिनेट
समाचार

केसीका माग पुरा गर्न चिकित्सक संघको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार १४:२६:००

अनशनरत डा. गोविन्द केसीले उठाएको मागप्रति नेपाल चिकित्सक संघले ऐक्यवद्धता जनाएको छ । 

संघले केसीको स्वास्थ्यस्थिति नाजुक रहेको र उनको जीनवरक्षा गरी माग सुनुवाइ गर्न सरकारसँग माग पनि गरेको छ । संघले विज्ञप्तिमार्फत केसीसँग भएका सम्झौता कार्यान्वयन नगरेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आँच पुगेको पनि ठहर गरेको छ । 

संघका महासचिव डा. लोचन कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘डा. केसी १६औं पटक अनसनमा बस्दा उहाँको शारीरिक अवस्था अत्यन्त कमजोर रहेको र जनुसुकै बेला अप्रिय घटना घट्न सक्ने तर्फ सचेत रहँदै नेपाल सरकराले डा। केसीको जीवन रक्षाका निम्ति विशेष पहल गर्न र यो आमरण अनसनलाई सदाका लागि अन्त गर्ने सुनिश्चित वातावरण तयार गर्न समेत नेपाल चिकित्सक संघ नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।’

त्यस्तै केसीकाे समर्थनमा काठमाडाैंकाे माइतीघरमा प्रदर्शन पनि गरिएकाे छ । 'सोलिडारिटी फर डा केसी एलाइन्स' ले डा केसीसँग गरिएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्दै शनिबार काठमाडाैंकाे माइतीघरमा प्रदर्शन गरिएको हाे । 

सरकारले आफूसँग गरेकाे सहमति विपरित विधेयक ल्याएकाे भन्दै डा केसी गत पुस २५ गतेदेखि इलाममा १६ अाैं पटक अनशनमा बसेका छन् ।