Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर १० मंगलबार १८:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सरकारलाई कांग्रेसको प्रश्न - ‘देशको वास्तविक नक्सा सार्वजनिक गर्न ढिलाइ किन ?’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर १० मंगलबार १८:०३:००

नेपालको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटिएर भारतले नक्सा सार्वजनिक गरेको महिना दिन पुग्न लाग्दासमेत सरकारले कुनै पहल नगरेको कांग्रेसले आरोप लगाएको छ ।

‘सरकारले न त गम्भीर कुटनैतिक पहल गरेको सुनिएको छ, न त उच्चस्तरीय राजनैतिक संवाद गरेको देखिएको छ । केवल प्रतिक्रिया मात्रै जनाएर सरकारको कर्तव्य पूरा हुन्न,’ मंगलबार प्रेस वक्तव्य जारी गर्दै कांग्रेसले भनेको छ । 

कालापानी प्रकरणमा सरकारको राष्ट्रवाद परीक्षण हुने बताउँदै कांग्रेसले हिजोको उग्र राष्ट्रवाद लुलो भएको हो ? भन्दै प्रश्नसमेत गरेको छ । ‘कालापानी प्रकरणमा परीक्षाको यहि दायित्व पूरा गर्ने अभिभारा वर्तमान सरकारको कांधमा आइपुगेको छ । हिजोको राष्ट्रवादको उग्र भाव कृत्रिम थियो आज के प्राकृतिक स्वरूपमा लुलो राष्ट्रवाद प्रकट भएको हो ?’ कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

कांग्रेसले देशको वास्तविक नक्सा सार्वजनिक गर्नुपर्ने माग पनि गरेको छ । कांग्रेसले भन्यो, ‘देशको वास्तविक नक्सा सार्वजनिक गर्न ढिलाइ किन ?’ 

कालापानीको विषयमा सरकालाई कांग्रेसले साथ दिने बताउँदै प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली भूमिबाट भारतीय सुरक्षाबल फिर्ता हुनुपर्ने बताएका छन् । प्रवक्ता शर्माले भने, ‘नेपाली भूमिबाट भारतीय सुरक्षाबल फिर्ता हुनुपर्छ । कुटनैतिक र राजनैतिक पहल गरिनुपर्छ र यसका लागि नेपाल सरकारलाई नेपाली कांग्रेसको दृढ साथ रहनेछ ।’