१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस
२०७५ पौष २८ शनिबार १४:०१:००
Read Time : < 1 मिनेट
समाचार

प्रहरीमा भर्ना हुन हिँडेका युवकको वीभत्स हत्या

Read Time : < 1 मिनेट
रासस
२०७५ पौष २८ शनिबार १४:०१:००

नेपाल प्रहरीमा भर्ना हुन आएका सुर्खेतका एक युवकको बाँकेको कोहलपुरमा घाँटी रेटेर वीभत्स हत्या गरिएकाे छ । 

सुर्खेतको सिम्ता गाउँपालिका–४ निवासी दीपकसिंह ठकुरीको कोहलपुर नगरपालिका-११ बसपार्क नजिकै खुला चउरमा घाँटी रेटिएको अवस्थामा शनिबार शव फेलापरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए ।
‘गए रातिको घटना हुनुपर्छ, घाँटी रेटिएको अवस्थामा शव भेटिएको छ,’ उनले भने, ‘धारिलो हतियारले घाँटी रेटिएको छ, अनुसन्धान गर्दै छौँ ।’ मृतकका आफन्तका अनुसार, ठकुरी प्रहरीमा भर्ना हुन कोहलपुर आएका थिए । ठकुरीले प्रहरीमा भर्ना हुन अज्ञात व्यक्तिलाई एक लाख ५० हजार रुपैयाँ बुझाएका थिए । सोही अज्ञात व्यक्तिले बोलाएको भन्दै शुक्रबार घरबाट निस्किएका ठकुरी शनिबार बिहान मृतावस्थामा फेला परेका हुन् । 

इलाका प्रहरी कार्यालयले तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान अगाडि बढाएको सिंहले जानकारी दिए ।