१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका 
२०७५ पौष २८ शनिबार १२:२९:००
Read Time : < 1 मिनेट
समाचार

गोकर्णेश्वरमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका 
२०७५ पौष २८ शनिबार १२:२९:००

गोकर्णेश्वर नगरपालिकामा शनिबार समुदाय प्रहरी साझेदारी कार्यक्रम एवम् सार्वजानिक सुनुवाई सम्पन्न भएको छ । महानगरिय प्रहरी बृत बौद्वको आयोजनामा भएको कार्यक्रमलाई नगरप्रमुख सन्तोष चालिसेले उद्घाटन गरे । 


उक्त कार्यक्रममा बृतका प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बृतको शान्तीसुरक्षा एवम् अपराध नियन्त्रणमा भएका कार्यप्रगति जानकारी गराएका थिए । अपराध नियन्त्रण एवम् शान्तीसुरक्षामा प्रहरी जतिकै सर्र्वसाधारणको पनी भूमिका उल्लेखनीय हुनुपर्नेमा उनले जाेड दिए ।
‘हर प्रहर गाऊँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नारासहित सुरु भएको कार्यक्रममा स्थानीय सरकार र प्रहरीको हातेमालो रहने उनले बताए । प्रहरीले शान्तीसुरक्षा एवम् प्रहरी गतिविधि सम्बन्धि स्थानीयले राखेको जिज्ञासाको जवाफ समेत दिएको थियो । 


यस्ता कार्यक्रमहरू नगरपालिकाको अन्य क्षेत्रमा पनि हुने प्रहरी प्रभाग गोकर्णेश्वरका प्रमुख प्रहरी नायब निरीक्षक रामेश्वर खड्काले जानकारी दिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सामुदायिक प्रहरीका प्रमुखहरू, स्थानीय क्लबका प्रतिनिधि एवम् स्थानीयलगायतको सहभागिता थियो ।