मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार ११:३६:००
Read Time : < 1 मिनेट
अर्थ

चितवन महोत्सवमा केराका परिकार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार ११:३६:००

चितवन महोत्सवको स्टल नम्बर ५ सय ५७ मा चितवन केरा उत्पादक संघले केराका परिकारहरू राखेको छ । पहिलो दिनबाट उक्त स्टलमा अवलोकनकर्ताको भिड लागेको छ । केराको परिकार खानेहरू तँछाड–मछाड गरिरहेका देखिन्छन् भने परिकार बनाउन १० कुकलाई भ्याइनभ्याई छ ।

‘केराका परिकार असाध्यै मन पर्छ, त्यसमा पनि केराको मःम निकै खान्छु,’ भरतपुर महानगरपालिका वडा नं. ६ बाट महोत्सव घुम्न आएका ज्ञानप्रसाद रिजालले भने, ‘शुद्ध शाकाहारीका लागि त झन् केराका परिकार निकै उपयोगी हुन्छ ।’

‘केरा खेतीको पहिचान, कृषिमा नयाँ अभियान’ भन्ने सोचसहित सुरु गरिएको यस अभियानले केराखेतीमा नयाँ सम्भावना उजागर गरेको छ । स्टलमा केराको मःम, पकौडा, चिप्स प्रतिप्लेट ८० रुपैयाँमा पाइने चितवन बनाना क्याफेका सञ्चालक लक्ष्मण सुवेदीले बताए ।

चितवन महोत्सवमा ०६६ देखि केराको परिकारको स्टल राखिँदै आएको छ । चितवन केराका लागि उपयुक्त भएकाले केरा उद्योगको सम्भावना पनि प्रचुर रहेको छ । महोत्सवले व्यावसायिक केरा खेतीका लागि विशेष भूमिका निर्वाह गरेको देखिन्छ ।