मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर ९ सोमबार १७:३६:००
Read Time : < 1 मिनेट
समाचार

दुई सय १० केजी गाँजा नष्ट

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ९ सोमबार १७:३६:००

जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न मितिमा बरामद गरेको लागूऔषध गाँजा सोमबार नष्ट गरेको छ । जिल्ला प्रहरीले २० भदौदेखि कार्तिक मसान्तसम्म विभिन्न स्थानबाट बरामद गरेको दुई सय १० केजी ६ सय ६४ ग्राम लागूऔषध गाँजा जलाएर नष्ट गरेको हो । प्रहरी टोलिले भीमफेदी गाउँपालिका–१ स्थित केसडी खोलामा गाँजा जलाएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुई सय १० केजी गाँजासहित १३ किलो ४२ ग्राम चरेश, ६ सय ८६ ट्याब्लेट नाइट्रोभेट, एक सय ९० एम्पुल फेनारगन, एक सय ८६ एम्पुल ब्युप्रोनोर्फिन, एक सय ८९ एम्पुल डाइजेल्याब, नौ सय ९१ एमएल कोरेक्स र आठ बोतल ब्रुइनरेक्स जलाएर नष्ट गरिएको हो । 

मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंह, प्रहरी निरीक्षक पवनकुमार झा, भिमफेदी गाउँपालिका १ का वडाध्यक्ष श्यामकुमार बल, दिपकला प्रतिष्ठान सुधार केन्द्रका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, जिल्ला अदालतका प्रतिनिधिको रोहबरमा  लागुऔषध नष्ट गरिएको प्रहरीले जनाएको छ ।