मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार ११:२७:००
Read Time : < 1 मिनेट
अर्थ

१२औँ चितवन महोत्सव : २३ हजारले गरे अवलोकन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार ११:२७:००

१२औँ चितवन महोत्सव तेस्रो दिन २३ हजारले अवलोकन गरेको टिकट व्यवस्थापन संयोजक तारानाथ पाठकले जानकारी दिए । विद्यालय पोसाकमै शुक्रबार महोत्सव अवलोकनका लागि आएका करिब पाँच सय विद्यार्थीलाई भने महोत्सवमा निःशुल्क प्रवेश गराइएको थियो । 

शनिबार अवलोकनकर्ता बढ्ने आयोजकको अपेक्षा छ । बिदाको दिन विद्यार्थी तथा कर्मचारीहरू बढी आउने पाठकले बताए । शनिबार ५० हजार दर्शक आउने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानले बताए । शनिबार सांस्कृतिक कार्यक्रममा अहिले चर्चामा रहेका ‘सालको पात टपरी’का गायक कुलेन्द्र विश्वकर्मा आउने सांस्कृतिक कार्यक्रम संयोजक रोहितकुमार श्रेष्ठले बताए ।

शुक्रबार हास्य टेलिशृंखला मेरी बास्सैका कलाकारहरू घिरौली र सापटीको प्रस्तुति रहेको थियो । पौने चार बजे स्टेजमा आएका उनीहरूको प्रस्तुतिमा अवलोकनकर्ता निकै रमाएका थिए । त्यस्तै जादुगर बलराम सरकारको जादु पनि दर्शकको मन जित्न सफल भयो । त्यस्तै अतिथि कलाकार थानेश्वर गौतमको प्रस्तुतिलाई पनि दर्शकले मन पराए । नारायणी कला मन्दिर, रोयल डान्स सेन्टर, चितवन डान्स सेन्टर, नेपाल तामाङ घेदुङ, नेपाल भुजेल सेवा समाजले सांस्कृतिक नृत्य प्रस्तुत गरे ।

महोत्सवअन्तर्गत शुक्रबारबाट बिच भलिबल पनि सुरु भएको छ । ६ टिम रहेको बिच भलिबलको शनिबार आजै फाइनल हुने खेलकुद समिति संयोजक विकास थापाले बताए । 

यस्तै कराते डोजाङले महिला हिंसा न्यूनीकरणको सन्देश दिन गोदुरियो र क्युकोसिन करातेको आत्मसुरक्षाका विविध डेमो प्रस्तुत गरिएको थियो । उद्योग वाणिज्य संघ चितवन, भरतपुर महानगरपालिका र जिल्ला समन्वय समिति चितवनको संयुक्त आयोजनामा जारी महोत्सवको मुख्य प्रायोजक तेस्ला एयर कन्डिसनर रहेको छ ।