१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ९ सोमबार १४:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

मलेसिया पठाइदिन्छु भन्दै पैसा असुल्दै हिडेका युवा पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ९ सोमबार १४:४९:००

मलेसिया पठाइदिने प्रलोभनमा पारेर रकम असुल्दै हिडेका व्यक्तिलाई वैदेशिक रोजगारी विभागले रङ्गेहात पक्राउ गरेको छ । विभागले ताप्लेजुङ स्थायी घर भएका हाल काठमाडौंको बुढानिलकण्ठमा बस्ने कैलाश लिम्बुलाई पक्राउ गरेको हो । 

सिन्धुली घर भएका दुई दाजुभाइ झलकबहादुर विक र पोष्टराज विकबाट एक लाख २० हजार रुपैयाँ असुल्दै गरेको अवस्थामा विभागको टोलीले लिम्बुलाई नियन्त्रणमा लिएको हो ।  

लिम्बुले विक दाजुभाइबाट यसअघि नै ८० हजार लिइसकेका थिए । ‘शनिबार मलेसियाको फ्लाइट छ, बाँकी एक लाख ६० हजार रकम लिएर आउनु’ भन्दै लिम्बुले उनीहरुलाई काठमाडौं बोलाएका थिए । आएर टिकट माग्दा श्रम स्वीकृतिनै नभएको भेटिएपछि उनीहरुले विभागमा उजुरी दिएका थिए । 

नेपाल सरकारले मलेसियासँग शून्य लागतमा कामदार पठाउने सम्झौता गरेको छ । वैदेशिक रोजगार ऐन, २०६४ को पछिल्लो संशोधनले खारेज गरेका म्यानपावर कम्पनी तथा एजेन्टले वैदेशिक रोजगारको प्रलोभन देखाएर ठग्दै आएको गुनासो बडेपछि विभागले अनुगमनलाई तीब्र पारेको छ ।