मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर ९ सोमबार १२:३७:००
Read Time : < 1 मिनेट
प्रदेश

सिमरामा डेंगुको प्रकोप

एकको मृत्यु, एक सय ५० भन्दा बढी बिरामी

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ९ सोमबार १२:३७:००

जितपुर–सिमरा उपमहानगरपालिकामा डेंगु रोगले महामारीको रूप लिन थालेको छ । लामखुट्टेकोे टोकाइबाट लाग्ने डेंगुका कारण सिमरामा एकजनाको ज्यान गएको छ भने संक्रमितको संख्या एक सय ५० नाघेको उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । 

डेंगुबाट जितपुर–२ मा व्यवसाय सञ्चालन गर्दै आएकी राधिका चापागाईंको ज्यान गएको स्वास्थ्य शाखाका प्रमुख बाबुलाल सहनीले जानकारी दिए । ‘हामी अहिले संक्रमित हुनेको यकिन तथ्यांक संकलन गरिरहेका छौँ,’ उनले भने, ‘अहिलेसम्म एक सय ५० भन्दा धेरैलाई डेंगु संक्रमण भएको पाइएको छ ।’

नगरमा सचेतनाका कार्यक्रम
नगरभित्र डेंगु संक्रमण देखिन थालेपछि उपमहानगरपालिका लामखुट्टे नियन्त्रणका लागि सम्पूर्ण वडामा चरणबद्ध रूपमा सचेतनाका कार्यक्रम सञ्चालन गरेको छ । गएको भदौ अन्तिमबाटै नगरक्षेत्रमा सचेतना र सफाइका कार्यक्रमसँगै औषधि छर्किने अभियान सञ्चालन गरिए पनि डेंगु नियन्त्रणमा आउन नसकेको मेयर डा. कृष्ण पौडेलले बताए । 

‘नगरका २४ वटै वडामा जनप्रतिनिधिको अगुवाइमा स्थानीय संघसंस्था, सुरक्षाकर्मी, शिक्षक, कर्मचारी सबैको सहभागितामा निरन्तर जनचेतनामूलक कार्यक्रम र सरसफाइ गर्दै आएका छौँ,’ पौडेलले भने, ‘तर डेंगु संक्रमितको संख्या घट्नुको सट्टा बढ्दै गएको छ ।’