मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस
२०७५ पौष १ आइतबार १७:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

विकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुुनुपर्छ : प्रचण्ड

Read Time : < 1 मिनेट
रासस
२०७५ पौष १ आइतबार १७:०६:००

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक शक्ति एक भएर लाग्नुपर्ने बताएका छन् । मुलुक शान्ति र समृद्धिको संकल्पका साथ अगाडि बढेको बताउँदै समृद्धिका लागि सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने समय आएको उनको भनाई थियो ।

पाल्पाको रामपुरमा आइतबार रामतुलसी माविको स्वर्ण जयन्तीको उद्घाटन गर्दै प्रचण्डले सो माविमा आङ्गिक कृषि कलेज स्थापना गर्न सहयोग गर्ने बताए । प्रचण्डले पाल्पा र स्याङ्जा जोड्ने कालीगण्डकीमा पक्की पुल निर्माणका लागि बोलपत्र आह्वान भएपनि उपयुक्त ढाँचाका कारण रोकिएको हँुदा पुल पुनःनिर्माणका लागि तीव्रता दिने बताए । देश शान्ति र समृद्धितर्फ अगाडि बढेको बताउँदै वर्तमान सरकारले निकै प्रभावकारी काम गरेको समेत उनले बताए । 

कार्यक्रममा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको काम अगाडि बढिरहेकाले यसको कालोपत्रेका लागि तीब्रता दिने बताए ।