१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार ११:१४:००
Read Time : > 1 मिनेट
खेलकुद

बुफानो ड्रग्सको सिकार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार ११:१४:००

इटालीका सर्वकालीन लिजेन्डर गोलरक्षक जियालुगी बुफानोले युरोपियन च्याम्पियन्स लिगको उपाधि मात्र जित्न सकेनन् । च्याम्पियन्स लिग ट्रफीबाहेक बुफानोले घरका भित्ताहरूमा सबैखाले प्रतियोगितामा जितेका ट्रफी सजाएर राखेका छन् । युभेन्टसमा १७ वर्ष बिताउँदा उनले एकपटक पनि च्याम्पियन्स लिग उपाधि चुम्न सकेनन् । बुफानोले आफ्नो जीवनमा दुई पक्ष सम्झँदा दुःखी बन्ने गरेको बताउँछन् । पहिलो च्याम्पियन्स लिग जित्न नसक्दाको क्षण र २५ वर्षको उमेरमा लागुऔषध सेवन गरेको समय सम्झँदा उनी भावुक एवं दुःखी हुनेगर्छन् । ‘हो म तिनै दुई घटना सम्झना ज्यादै नै दुःखी बन्नेगर्छु,’ पिएसजीमा व्यावसायिक करिअर बनाइरहेका बुफानोले भने । 

पीडा बिर्साउन लागुऔषध
युवा अवस्थामा बुफानो एकपटक कमान्डो फोर्समा गएका थिए । बुफानोले सोचेको जस्तो कमान्डो प्रशिक्षण भएन । दिनरात नभनी प्रशिक्षण गर्नुपर्ने र आराम पनि गर्न नपाउँदा बुफानो एक किसिमले बौलाहझैं भइसकेका थिए । कमान्डो प्रशिक्षणको नियमअनुसार उनी मध्य भागबाटै बाहिर आउन सकेनन् । अभ्यासपछि शरीरिक र मानिसिक तनाव हटाउन उनले निकै कोसिस गरे । यही कोसिसमा बुफानोको सहयोगी बन्यो ‘ड्रग्स’ अर्थात् लागुऔषध ।  ‘मैले कमान्डो अल्ट्रा इन्डियन ट्रिप क्याम्पमा सहभागिता जनाएको थिएँ, त्यो प्रशिक्षण धेरै गाह्रो थियो, त्यसैवेला मैले नसोचेको कदम उठाएँ, मानसिक तनाव भुल्न मैले ड्रग्स लिएँ,’ १ सय ७६ पटक इटालीको राष्ट्रिय टोलीबाट प्रतिस्पर्धा गरेका बुफानोले भने, ‘त्यो वेला युवा जोश थियो, त्यसैले आफूले गर्न नसक्ने काम गर्न हिम्मत गरेँ तर त्यसको प्रतिफल म पागल नै भएँ ।’ 

साथीको लहैलहैमा 
क्याम्पमा रहँदा एकजना साथीले नै उनलाई सबै किसिमको तनाव हटाउन ड्रग्स लिनुपर्ने सुझाब दिएका रहेनछन् । ती साथीले बुफानोलाई भनेका थिए पनि ‘तिमीले कहिले पनि चुरोट वा अन्य लागुऔषध सेवन गरेका छौँ ।’ बुफानोले एकपटक चुरोट खाएको उत्तर दिए । त्यसपछि के चाहियो ती साथीलाई । अनि, उनले बुफानोलाई लागुऔषधको नसामा यसरी फसाए कि त्यसबाट बाहिर आउन बुफानोलाई निकै समय लाग्यो । ‘त्यो समयमा मेरो फुटबल करिअर सोचेको जस्तो भइरहेको थिएन, यस क्षेत्रमा कसरी राम्रो र नाम राख्न सकिन्छ भन्ने सोचेर नै म भित्री रूपमा मानसिक रोगको सिकार भइसकेको थिएँ, त्यसै वेला मलाई ती साथीको सुझाब राम्रो लाग्यो,’ बुफानोले आफू कसरी लागुऔषधको लतमा फसेको बताउँदै खुलास गरे, ‘त्यहाँ म मात्र होइन, क्याम्पमा सहभागी भएका लगभग सबै नै लागु औषध लिने गरेका पाएँ ।’ क्याम्पमा रहेका प्रशिक्षार्थीले दिनमा २ सय चुरोटका खिल्लीभित्र नसालु पदार्थ राखेका हुन्थे । त्यहीँ नै चुरोट बुफानोले सल्काउँथे । 

जीवनबाट दिक्क
पर्माबाट युभेन्टसमा ४ करोड ६० लाख पाउन्डमा अनुबन्ध हुनुअघिसम्म पनि बुफानोले हल्काफुल्का ड्रग्स लिने गरेका थिए । पर्माको हारमा गोलरक्षकलाई दोष दिइन्थ्यो । घुमारो रूपले दोष सीधै आफूमाथि आएको सुन्दा बुफानो रिसले चुर हुन्थे । त्यो रिस शान्त पार्न पनि  लागुऔषध मिसाइएको चुरोट उनले लिने गरेको बताउँछन् । ‘अरू वेला कस्तो प्रदर्शन भयो, त्यसको याद कसैले गर्दैनथेँ तर जब खेल गोलरक्षकले बिगारेको हुन्थ्यो, त्यसवेला भने मेरो नाम सबैभन्दा अगाडि आउँथ्यो,’ २००१ देखि २०१७ सम्म युभेन्टसमा रहँदा नौपटक सिरिए लिग जितेका बुफानोले भने, ‘यो पीडा झुलाउन पनि मैले ड्रग्स लिने गरेको थिएँ ।’ 

 विश्व च्याम्पियन गोलरक्षक
युभेन्टसमा अनुबन्ध भएपछि बुफानोको दिन नै फेरियो । सिरिएकै नम्बर एक क्लबमा रहँदा बुफानाले आफ्ना नराम्रा लत त्याग्दै गएँ । उनले त्यस किसिमको दिनचर्याले सफल नहुने माने । सन् २००६ मा बुफानोको करिअरकै सुन्दर क्षण थियो । त्यसवेला उनकै कप्तानीमा इटालीले फ्रान्सलाई हराउँदै विश्व च्याम्पियन ट्रफी उचाल्यो । गत वर्ष एकाक्सि उनले पिएसजीमा एक वर्षका लागि सम्झौता गरे ।