मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
जीवन मुकारुङ म्युजिक भिडियो निर्देशक
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ९ सोमबार ११:१७:००
Read Time : < 1 मिनेट
नयाँCity

इलामे सहरमा भुइँकुहिरोले दुःख दियो : जीवन मुकारुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ९ सोमबार ११:१७:००

‘इलामे सहर’ गीतलाई गीतकार गंगाराज मुकारुङले गायक अशोक राईलाई रि–भोकलिङका लागि दिएका थिए । बुलु मुकारुङको संगीतमा रि–एरेन्ज गरेर गीत तयार भएको होे । पहिले बुलु मुकारुङ र कुन्ती मोक्तानले गाएको यो गीतमा अहिले अशोक मुकारुङ र सुनीता थेगिमको स्वर छ । यसको म्युजिक भिडियो निर्देशन गर्ने प्रस्ताव आयो । यस्तो कालजयी गीतको म्युजिक भिडियो बनाउँदा अग्रज स्रष्टाबाट अपजस पाइने डर हुँदोरहेछ । भिडियोको सुटिङ गर्न दुई दिन लागेको थियो । त्यसक्रममा भुइँकुहिरोले एकदमै दुःख दियो । मौसम राम्रो थिएन । तैपनि, राम्रो काम गर्न सफल भएँ जस्तो लाग्छ ।

भिडियोको सुटिङ गर्न दुई दिन लागेको थियो । त्यसक्रममा भुइँकुहिरोले एकदमै दुःख दियो । मौसम राम्रो थिएन । तैपनि, राम्रो काम गर्न सफल भएँ जस्तो लाग्छ ।

गीत रिलिजपछि पाएको प्रतिक्रियाबाट भने आफूले न्याय नै गरेँ जस्तो लागेको छ । चारजना कलाकारको कोरसमा पुरानो भिडियो बनाइएको रहेछ । त्यसमा अझै केही थप्न सकिन्छ कि भनेर मैले काम गरेँ । गीतको मर्मलाई भिडियोमार्फत देखाउने प्रयास गरेँ ।

पर्यटकीय क्षेत्र इलाम घुम्न जाँदा गाउँकी युवतीसँग प्रेम भएको कथा हो, गीतको अन्तर्य । त्यही मर्ममाथि उभिएर मैले म्युजिक भिडियोको निर्देशन गरेँ । पुरानो गीतमा अहिलेको पुस्तालाई समेटेर बनाएको छु, भिडियो । मैले प्रायः नयाँ गीतमा काम गरेको छु । र, तिनलाई कथामय बनाएको छु । नयाँ गीतमा काम गर्दा गीतको कथालाई ढुक्कले प्रस्तुत गर्न सकिन्छ ।