मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७५ पौष २८ शनिबार ११:०४:००
Read Time : < 1 मिनेट
खेलकुद

दुबईमा परिवारसँग रमाइलो गर्दै रोनाल्डो

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ पौष २८ शनिबार ११:०४:००

युरोपियन फुटबलमा लगभग विन्टर ब्रेक समाप्त भइसकेको छ । यस विन्टर ब्रेकमा धेरैजसो स्टार खेलाडीले परिवार र प्रेमिकासँगै बिदा मनाए । बिदा सकेर खेलाडीहरू आ–आफ्ना क्लब फर्किसकेका छन् । उनीहरू खेलमा सहभागी भइसकेका छन् । तर, पोर्चुगल तथा युभेन्टसका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो दुबईमै बिदाको भरपुर फाइदा उठाइरहेका छन् । उनी परिवारसहित अझै दुबईमा बिदा मनाइरहेका छन् । 

ग्लोब अवार्डको मौका
गत साता दुबईमै स्पोट्र्स ग्लोब अवार्ड कार्यक्रम भएको थियो । सन् २०१८ मा घरेलु, व्यावसायिक लिग तथा राष्ट्रिय टोलीमा गरेका प्रदर्शनका आधारमा वर्षको उत्कृष्ट खेलाडी घोषित गरियो । जसमा रोनाल्डोले पाँचौँपटक बाजी मारे । उनले उपाधि जित्दा एन्टोनियो ग्रिजम्यान र केलियन एम्बापेलाई निराश पारे । अवार्ड कार्यक्रममा रोनाल्डो चार सन्तान र प्रेमिका जर्जिया रोड्रिग्वेजसहित उपस्थित भए ।  

यार्च र होटेलमा रोमान्स
रोनाल्डोले परिवारसँगै विन्टर ब्रेक र अवार्डको खुसी दुबईको समुद्री बिच तथा महँगा होटेलमा मनाएका छन् । रोनाल्डोले यार्चमा प्रेमिका रोड्रिग्वेजसँग खुबै मस्ती गरेको ब्रिटिस मिडियाहरूले जनाएका छन् । यसपटकको बिदामा रोनाल्डो ज्यादै खुसी देखिएका छन् । यार्चमा कहिले रोनाल्डो रोड्रिग्वेजलाई तान्दै समुद्रमा हुत्याएको देखिन्थे । कहिले छालसँगै रोनाल्डो र रोड्रिग्वेजबीच रोमान्स चलिरह्यो ।