मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार १०:४९:००
Read Time : > 4 मिनेट
विश्व

कुन देशको सैन्य शक्ति कति ?

Read Time : > 4 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार १०:४९:००

सीमासुरक्षा विश्वका हरेक देशको प्राथमिकताको विषय हो । देशभित्र र बाहिरबाट हुन सक्ने सम्भावित हमला रोक्न सिमानामा सैनिक तैनाथ गरिएका हुन्छन्,  नागरिकले ढुक्कको निद्रा सुत्न पाऊन् भन्ने उद्देश्यका साथ । शक्तिशाली देशहरूको उद्देश्य यतिमै मात्र सीमित रहन्छ भन्ने होइन । विश्वभर आफ्नो प्रभूत्व कायम राख्न उनीहरूले सेनाका लागि ठूलो धनराशि खर्चेका हुन्छन् । अत्याधुनिक हतियार, सैनिक संख्या र देशको सुरक्षा बजेटलाई आधार मान्दै अन्तर्राष्ट्रिय एजेन्सीहरूले तयार गरेको विश्वका शक्तिशाली सेनाको सूची :

अमेरिका 
संसारको सबैभन्दा शक्तिशाली सेना अमेरिकासँग छ । यस देशका २० लाख ८३ हजार १ सयभन्दा धेरै व्यक्ति सैनिक सेवामा छन् । विश्वका धेरै देशमा अमेरिकी सेना तैनाथ छन् । सबैभन्दा अत्याधुनिक हतियार पनि अमेरिकासँग नै छ । १३ हजार ३ सय ६२ वटा अत्याधुनिक विमान छन्, जसमा १ हजार ९ सय ६२ वटा युद्धविमान छन् । ४ सय १५ वटा जहाज छन् । त्यसमध्ये २० वटा जहाजले विमान बोक्न सक्छन् । ५ हजार ८ सय ८४ वटा कम्ब्याट ट्यांक छन् । अमेरिकी सरकारको बजेटको सबैभन्दा ठूलो हिस्सा सैनिकका लागि खर्च हुन्छ । ६ सय ४७ बिलियन बजेट अमेरिकाले सेनाका लागि छुट्याउने गरको छ । विश्वमा सेनाका लागि सर्वाधिक बजेट छुट्याउने देश अमेरिका नै हो । 
रुस 
भूगोलका हिसाबले रुस विश्वको सबैभन्दा ठूलो देश हो । सैन्य क्षमताका हिसाबले यो दोस्रो नम्बरमा पर्छ । एसिया र युरोपमा फैलिएको ठूलो भूगोलको रक्षार्थ ३५ लाखभन्दा धेरै सैनिक खटिएका छन् । यी सैनिक आफ्नो सीमाक्षेत्र मात्रै नभएर संसारका अन्य देशमा पनि परिचालित छन् । रुसी सेनासँग ३ हजार ९ सय १४ विमान छन् । त्यसमध्ये ८ सय १८ वटा युद्धविमान छन् । त्यस्तै, विपक्षीको निसाना प्रतिरोध गर्दै उनीहरूमाथि नै धावा बोल्न सक्ने २० हजार ३ सयवटा ट्यांकर छन् । जलसेनासँग ३ सय ५२ वटा जहाज छन् । जसमध्ये विमान बोक्न मिल्ने एउटा जहाज रहेको बताइएको छ । रुसले सेनाका लागि प्रतिवर्ष करिब ४७ बिलियन अमेरिकी डलर खर्च गर्ने गरेको छ । 
बेलायत 
बेलायती सेना आफ्नो बहादुरीका लागि संसारभर प्रसिद्ध छ । सैन्य क्षमताका हिसाबले यो देश छैटौँ स्थानमा आउँछ । यस देशसँग २ लाख ७९ हजारभन्दा धेरै सैनिक छन् । सेनासँग रहेका ८ सय ३२ विमानमध्ये १ सय ३ वटा युद्धविमान छन् । २ सय २७ वटा कम्ब्याट ट्यांक छन् । त्यस्तै, ७६ वटा जहाजमध्ये दुईवटाले विमान बोक्न सक्छन् । बेलायतले सेनाका लागि बर्सेनि ५० बिलियन अमेरिकी डलर खर्चिन्छ । 
भारत 
संसारका विकसित देशहरूको दाँजोमा भारत निकै पछाडि छ । तर, जब सैन्य ताकतको कुरा आउँछ, भारतले धेरै विकसित देशहरूलाई पनि पछि छाड्छ । यस देशमा सैनिकको संख्या ४२ लाख छ । सेनासँग २ हजार १ सय ८५ विमान छन्, त्यसमध्ये ५ सय ९० वटा युद्धविमान छन् । त्यस्तै, ४ हजार ४ सय २६ वटा कम्ब्याट ट्यांक छन् । २ सय ९५ वटा जहाजमध्ये एउटाले विमान बोक्न सक्छ । भारतले वार्षिक ४७ बिलियन अमेरिकी डलर सेनाका लागि खर्चिन्छ । छिमेकी पाकिस्तान र चीनसँगको सुरक्षा सतर्कतालाई भारतले आफ्नो पहिलो प्राथमिकतामा राख्ने गरेको छ ।
फ्रान्स 
फ्रान्ससँग ३ लाख ८८ हजारभन्दा धेरै सैनिक छन् । सेनासँग १ हजार २ सय ६२ वटा विमान छन् । त्यसमध्ये युद्धविमानको संख्या २ सय ९९ छ । ४ सय ६ वटा कम्ब्याट ट्ंयाक छन् । १ सय १८ वटा अत्याधुनिक जहाजमध्ये ४ वटाले विमान बोक्न सक्छन् । फ्रान्सले बर्सेनि सेनाका लागि ४० बिलियन अमेरिकी डलर खर्चिन्छ । 
चीन
संसारको सबैभन्दा धेरै जनसंख्याको बसोवास चीनमा छ । चीनसँग २६ लाख ९३ हजार सैनिक छन् । ३ हजार ३५ वटा विमान चिनियाँ सेनासँग छ । त्यसमध्ये १ हजार १ सय २५ वटा युद्धविमान हुन् । ७ हजार ७ सय १६ वटा कम्ब्याट ट्यांक छन् । ७ सय १४ वटा जहाजमध्ये एउटा जहाजले विमान बोक्न सक्छ । चीनले सैनिकका लागि वार्षिक १ सय ५१ मिलियन बजेट खर्च गर्ने गर्छ । 
सेनाविहीन यी देश 
फ्रान्स र स्पेनजस्ता शक्तिशाली राष्ट्रको बीचमा अवस्थित सानो देश एन्डोरासँग सेना नै छैन । यस देशको कानुनअनुसार संसद् वा अन्य विशिष्ट व्यक्तिको सुरक्षा प्रहरीले नै गर्छ । यो देशसँग रहेको स्वयंसेवी सैनिकको सानो टुकडी पनि युद्धका लागि होइन, विशेष समारोहहरूमा प्रस्तुति दिनका लागि मात्रै प्रयोगमा आउने हो । फ्रान्स र स्पेनसँग गरिएको सम्झौताअनुसार यस देशलाई आवश्यक परेमा उनीहरूले सहायता गर्नेछन् । युरोपेली राष्ट्र आइसल्यान्डले पनि आफ्नो सीमा क्षेत्रमा सैनिक राख्दैन ।

अर्को युरोपेली देश मोनाकोसँग दुईथरी सेना छन्, तर सीमासुरक्षाका लागि होइनन् । एउटा सेनाले राजकुमारलाई र अर्कोले सर्वसाधारणलाई सुरक्षा दिन्छन् । उत्तर अमेरिकी राष्ट्र कोस्टारिकासँग पनि सेना छैन । कुनै समय यो देशले सैनिक राख्ने गरेको थियो । तर, सन् १९४८ मा मच्चिएको गृहयुद्धपछि सैनिक फौजको विघटन गरियो । सेना नराख्ने देशहरूमध्ये कोस्टारिका सबैभन्दा ठूलो हो । प्रहरीले नै यो देशको आन्तरिक सुरक्षाको व्यवस्थापन गर्छ । हैटी, किरिबाटी, लेच्टेन्सस्टियन, मार्सल आइल्यान्ड, मोरिसियस, माइक्रोनेसिया, पालाउ, पानामा, समोआ, सोलोमन आइल्यान्ड, टुभालु र भानुआतुले पनि सिमानामा सैनिक राख्दैनन् । 

उत्तर कोरिया १८औँ स्थानमा
कुनै समय अमेरिकाको टाउकोदुखाइ रहेको उत्तर कोरिया अहिले निःशस्त्रीकरणको बाटोमा छ । त्यसका लागि दक्षिण कोरिया र अमेरिकासँग सघन संवाद भइरहेको छ । सम्बन्ध चिसो रहेका वेला उत्तर कोरियाली सर्वोच्च नेता किम उन जोङले अमेरिकालाई नै सिध्याउने चेतावनी दिने गरेका थिए । बिजनेस इन्साइडरमा प्रकाशित रिर्पोटअनुसार सैन्य क्षमताका उत्तर कोरिया विश्वको १८औँ शक्तिशाली राष्ट्र हो । यस राष्ट्रका ६४ लाख ४५ हजार नागरिक सैनिक सेवामा छन्, जुन अमेरिकी सेनाको संख्याभन्दा तीनगुणाले बढी हो । 

२ करोड ५२ लाखभन्दा धेरै जनसंख्या रहेको उत्तर कोरियामा युवाहरूले अनिवार्य सैनिक सेवा गर्नुपर्छ । संविधानको धारा ८६ मा स्पष्ट रूपमा भनिएको छ, ‘राष्ट्रको रक्षा नागरिकको सर्वोच्च कर्तव्य र सम्मान हो ।’ सेनासँग रहेका ९ सय ४४ वटा विमानमध्ये ४ सय ५८ वटा युद्धविमान छन् । कम्ब्याट ट्यांक ५ हजार २ सय ४३ र पानीजहाज ९ सय ६७ वटा छन् । बर्सेनि ७ दशमलव ५ बिलियन अमेरिकी डलर सेनाका लागि खर्च हुन्छ । 

दक्षिण अमेरिकामा ब्राजिल शक्तिशाली
दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले वार्षिक २९ दशमलव ३ बिलियन अमेरिकी डलर सेनाका लागि खर्च गर्छ । यस देशसँग १९ लाख ८७ हजार सैनिक छन् । ७ सय २३ वटा विमानमध्ये ४३ वटा युद्धविमान छन् । त्यस्तै, ४ सय ६९ वटा कम्ब्याट ट्यांक र १ सय १० वटा पानीजहाज छन् । सैन्य क्षमताका हिसाबले ब्राजिल संसारको १४औँ र दक्षिण अमेरिकाको पहिलो राष्ट्र हो । 