Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर ८ आइतबार १०:०५:००
Read Time : < 1 मिनेट
खेलकुद

फुटबल मैदानमा सिट जडान

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ८ आइतबार १०:०५:००

सहआयोजक सहर पोखरामा फुटबल मैदानको ग्यालरी सीअन्तर्गतको विशिष्ट श्रेणीसहितको प्यारापिटमा सिट जडान गरिएको छ । पोखरा रंगशाला फुटबल मैदानमा महिला फुटबल प्रतियोगिता हुने भएपछि मैदानको कामसमेत धमाधम भइरहेको छ ।

निर्माणाधीन फुटबल मैदानमा प्रतियोगिताका लागि तत्काल पूर्व र पश्चिम भागमा प्यारापिट जडान गरिनेछ । पोखरामा हुने खेलमध्ये महिला फुटबल मुख्य आकर्षणका रूपमा छ । मैदानका लागि दुबो भारतको कोलकाताबाट ल्याइएको छ ।

प्यारापिटका लागि स्टिल मोडुलर ग्रान्ड स्ट्यान्डका सामान फ्रान्सबाट ल्याइएको हो । प्यारापिट जडानका लागि फ्रान्सबाट दुईजना प्राविधिकसमेत पोखरा आएका छन् । पोखरा रंगशालामा नवनिर्मित प्यारापिटमा जडित सिट नेपालको झन्डासँग मिल्ने गरी राखिएको छ । पोखरामा महिला फुटबल १७ देखि २४ मंसिरसम्म हुनेछ । आयोजक नेपालसहित भारत, माल्दिभ्स र श्रीलंकाले महिला फुटबलमा सहभागिता जनाएका छन् ।