मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७५ पौष १ आइतबार १७:२३:००
Read Time : < 1 मिनेट
विश्व

चीनमा भएकाे खानी दुर्घटनामा सातकाे मृत्यु 

Read Time : < 1 मिनेट
एजेन्सी
२०७५ पौष १ आइतबार १७:२३:००

चीनको दक्षिण पश्चिमी क्षेत्रमा रहेको एउटा कोइला खानीमा भएको दुर्घटनामा सात जना मजदूरको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएको चिनीयाँ सरकारी सञ्चार माध्यमहरुले जनाएका छन् । घाइतेहरुलाई उपचारका लागि चोङ्क्विङस्थित अस्पतालमा लगिएकाे छ । 

खानीमा मजदूरले प्रयोग गर्ने डोरी चुँडिदा दुर्घटना भएको  अधिकारीहरुकाे भनार्इ छ । गत अक्टोबरमा चीनकाे पूर्वी शान्डोङमा भएकाे काेइला खानी दुर्घटनामा २१ जनाको मृत्यु भएको थियो । चिनीया राष्ट्रिय कोइला खानी सुरक्षा निकायका अनुसार सन् २०१७ मा कोइला खानीसम्बद्ध मृत्यु संख्या तीन सय ७५ रहेकामा सरकारी प्रयासका कारण यस वर्ष करिब २९ प्रतिशतले कमी आएको छ ।