मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रमेश दवाडी काठमाडौं
२०७६ मङ्सिर ७ शनिबार २०:२६:००
Read Time : < 1 मिनेट
समाचार

समाजवादी पार्टीको बैठक जारी, आइतबार पनि बस्ने

Read Time : < 1 मिनेट
रमेश दवाडी काठमाडौं
२०७६ मङ्सिर ७ शनिबार २०:२६:००

पुनर्गठित मन्त्रिपरिषदप्रति आपत्ति जनाउँदै आएको सत्तारुढ समाजवादी पार्टी नेपालको शनिबार बसेको पदाधिकारी बैठक निष्कर्षमा पुगेन् ।

पार्टीलाई जानकारी नदिइ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेपछि पार्टीको औपचारिक धारणा तय गर्न पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बसेको हो । पार्टीका सूचना तथा सञ्चार उपप्रमुख विश्वदीप पाण्डेले बैठक जारी भए पनि कुनै निर्णय हुन नसकेको जानकारी दिए । 

आइतबार पुनः बैठक बसेर पार्टीको धारणा सार्वजनिक गर्ने पाण्डेले जानकारी दिए । पार्टी अध्यक्ष तथा स्वास्थमन्त्री उपेन्द्र यादव भारत गएको बेला प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद पुनर्गठन गरेका थिए । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका यादवलाई प्रधानमन्त्री ओलीले कानुन मन्त्रालयको जिम्मेवारी दिएका छन् । 

यादवको कामप्रति असन्तुष्टि जनाउँदै आएका ओलीले सरकारबाट बाहिरिन नैतिक दवाव दिएको समाजवादी स्रोतकै भनाइ छ । समाजवादीकै डा. बाबुराम भट्टराई पक्षका नेताहरुले यादवलाई सरकारबाट बाहिरिएर राष्ट्रिय जनता पार्टी नेपालसँग पार्टी एकता गर्नुपर्ने बताउँदै आएका छन् । 

राजपा पनि समाजवादीले सरकार छाडे एकताको पक्षमा देखिएको छ ।