मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार ०९:५७:००
Read Time : < 1 मिनेट
सप्तरंग

विष्णु माझीको गीतले बनायो रेकर्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार ०९:५७:००

पछिल्लो समय लोकगायिका विष्णु माझी निकै चर्चामा छिन् । उनको चर्चाको कारण भूमिगत जीवनशैली पनि हो । तर, त्यतिले मात्र चर्चा चुलिएको पक्कै होइन । लगातार लोकगीतमार्फत स्रोताको मन जितिरहेकी उनले पछिल्लोपटकको गीतबाट नयाँ रेकर्ड राखेकी छिन् । 

यतिवेला उनले कुलेन्द्र विकसँग गाएको ‘सालको पातको टपरी हुनी’ बोलको लोकगीत चर्चामा छ । युट्युबमा यो गीतको भिडियोले अहिलेसम्म सबैभन्दा बढीपटक हेरिएको लोकगीतको रेकर्ड राखिएको छ । यसअघि यो रेकर्ड ‘उही खोलीको पानी’ले कायम गरेको थियो । 

‘सालको पातको टपरी हुनी’ बोलको गीत दुई करोड सात लाखभन्दा बढीपटक हेरिसकिएको छ । ‘उही खोलीको पानी’ भने एक करोड १० लाखपटक हेरिएको छ । सालको पात गीत बजारमा आएको चार महिना मात्र भएको छ । यसमा नवराज पन्तको शब्द, वसन्त थापाको संगीत संयोजन छ ।