१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर ७ शनिबार १३:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

संघीय समाजवादीको पदाधिकारी बैठक बस्दै 

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ७ शनिबार १३:४९:००

संघीय समाजवादी पार्टीको काठमाडौंमा उपलब्ध पदाधिकारीको बैठक शनिबार अपरान्ह बस्ने भएको छ । भर्खरै मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

सरकार छाड्नु पर्ने र संविधान संशोधन हुनुपर्ने फरक अडान पार्टी भित्र देखिएको बेला पदाधिकारी बैठक हुन लागेको हो । बर्तमान सरकारमा पार्टी अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री छन् । उनी देश बाहिर भएका बेला उनको मन्त्रालय हेरफेर भएपछि त्यसमा पार्टीका केही नेताले आपत्ति जनाउँदै आएका छन् ।

यादव शुक्रबार साँझ भारतबाट फर्किएका छन् । पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदिप पाण्डेले समसामयिक विषयमा छलफल गर्न बैठक डाकिएको बताए ।