मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार ०९:५२:००
Read Time : < 1 मिनेट
साहित्य

सपनाको सट्टाबजार र पुल खस्यो बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार ०९:५२:००

कवि पुरुषोत्तम सुवेदी र शार्दूल भट्टराईका नयाँ कविताकृति प्रकाशित भएका छन् । सुवेदीको ‘सपनाको सट्टाबजार’ र भट्टराईको ‘पुल खस्यो’ कवितासंग्रह बजारमा आएका हुन् ।

सपनाको सट्टाबजारमा सुवेदीका ५३ कविता समेटिएका छन् । उनले ६० को दशकयता लेखेका कवितासंग्रहमा छन् । कवितामा उनले सामाजिक विकार र विकृतिमाथि प्रहार गरेका छन् । सुवेदीको यो तेस्रो कृति हो । यसअघि उनका दुई कवितासंग्रह र एउटा समालोचनाको पुस्तक प्रकाशित छन् ।

अर्को कृति पुल खस्योमा भट्टराईका ४२ कविता राखिएका छन् । उनका पुराना र केही नयाँ कवितासंग्रहमा पढ्न पाइन्छ । उनका कविताको मूल स्वर आमूल परिवर्तन हो । उनका कविता सामाजिक न्यायको पक्षमा छन् । 

दुवै कृति भृकुटी एकेडेमिक पब्लिकेसन्सले बजारमा ल्याएको हो । आफूहरू पुस्तकको औपचारिक विमोचनको पक्षमा नभएको कवि भट्टराईले बताए । उनले भने, ‘विमोचन पाठकलाई जानकारी गराउन हो, अहिले सामाजिक सन्जालबाट पनि जानकारी गराउन सकिन्छ, त्यसैले विमोचनको पक्षमा छैनौँ ।’ दुवै पुस्तकको मूल्य २९५ रुपैयाँ छ ।