मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ मङ्सिर ७ शनिबार ०९:०८:००
Read Time : < 1 मिनेट
अर्थ

‘राइड टू सिन्धुलीगढी’ साइकल यात्रा सुरु

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ७ शनिबार ०९:०८:००

सिन्धुलीको प्रवर्द्धनका लागि गरिएको साइकल यात्रा राइड टू सिन्धुलीगढी यात्रा सुरु भएको छ । साइकल यात्रामा २ सय १० जना सहभागी भएका छन् । शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले साइकलयात्री पुष्कर शाहलाई नेपालको झन्डा हस्तान्तरण गरी पशुपति मन्दिर परिसरबाट यात्राको शुभारम्भ गरे ।  

समृद्ध सिन्धुली अभियानले हरेक वर्ष आयोजना गर्दै आएको साइकल यात्रामा यस वर्ष उल्लेख्य सहभागिता बढेको छ । राइड टू सिन्धुलीगढीकी संयोजक दीपिका ज्ञवालीका अनुसार १ सय ७१ जना साइकलयात्री सहभागी छन् । त्यसमा पुरुष १ सय ५३ जना र महिला १८ जना हुनेछन् । यात्रामा सहयोगीसहित २ सय १० जना सहभागी हुने उनले बताइन् ।

यस वर्ष संयुक्त राष्ट्रसंघ र ब्रिटिस काउन्सिलले महिला साइकलयात्रीलाई प्रायोजन गरेकाले महिलाको संख्या उल्लेख्य भएको हो । संयुक्त राष्ट्रसंघले १० जना र ब्रिटिस काउन्सिलले ५ जना महिलायात्रीको सम्पूर्ण खर्च व्यहोर्ने भएको समृद्ध सिन्धुली अभियानका अध्यक्ष लीलानाथ घिमिरेले जानकारी दिए । समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रवर्द्धन गर्न ४ वर्षदेखि राइड थ्रू सिन्धुलीगढी आयोजना गर्दै आएको छ । यस यात्रालाई विश्व साइकलयात्री पुष्कर शाह र अर्का यात्री देवेन्द्र बस्नेतले नेतृत्व गर्नेछन् ।

अभियानले ऐतिहासिक सिन्धुलीगढीलाई सांस्कृतिक सहर जनकपुर र पशुपतिको सहर काठमाडौंलाई ऐतिहासिक सिन्धुलीगढी हुँदै जोड्नेछ । अभियन्ता हरिकृष्ण श्रेष्ठका अनुसार काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरबाट सुरु भएको यस साइकल यात्रा सिन्धुली हुँदै चौथो दिन प्रदेश–२ को राजधानी जनकपुर पुग्नेछ । काठमाडौंबाट झन्डै २ सय ५० किलोमिटर यात्रा गरेर साइकलयात्री जनकपुरसम्म पुग्नेछन् ।