मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर ७ शनिबार ०७:३७:००
Read Time : < 1 मिनेट
समाचार

बार एसोसिएसनको निर्वाचन आज

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ७ शनिबार ०७:३७:००

ललितपुर बार एसोसिएसनको निर्वाचन शनिबार हुँदै छ । पन्ध्र सदस्यीय नयाँ कार्यसमिति चयन गर्न निर्वाचन हुन लागेको हो । निर्वाचनमा प्रगतिशील पेसागत, गणतान्त्रिक तथा समावेशी कानुन व्यवसायी र लोकतान्त्रिक कानुन व्यवसायीहरूका समूहबीच प्रतिस्पर्धा हुँदै छ । निर्वाचनमा सात सय १० मतदाता रहेको निर्वाचन समितिका प्रमुख अधिकृत अधिवक्ता सानुभाइ शाक्यले जानकारी दिए । 

प्रगतिशील समूहले अधिवक्ता अर्जुन महर्जनको नेतृत्वमा कार्यसमितिले प्यानल घोषणा गरेको छ । सो समूहबाट उपाध्यक्षमा सुशील पोखरेल, सचिवमा कृष्णप्रसाद सुवेदी, कोषाध्यक्षमा शरद राना मगर, सहसचिवमा रञ्जिता थापाले उम्मेदवारी दिएका छन् । त्यस्तै, लोकतान्त्रिक कानुन व्यवसायीहरूको समूहले प्रह्लादकुमार महतको नेतृत्वमा ७ पदका लागि उम्मेदवारी दिएको छ । उपाध्यक्षमा रमिता महर्जन, सचिवमा प्रमोदकुमार राय, कोषाध्यक्षमा माइलाकाजी महर्जनको उम्मेदवारी परेको छ ।