१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ६ शुक्रबार १६:२४:००
Read Time : < 1 मिनेट
समाचार

निर्माण व्यवसायीका समस्या समाधान गर्ने छु : मन्त्री नेम्वाङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ६ शुक्रबार १६:२४:००

नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले निर्माण व्यवसायीका समस्या समाधान गर्ने आश्वासन दिएका छन्र । 

शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुसँगको सामूहिक भेटमा मन्त्री नेम्बाङले सार्वजनिक खरिद नियमावलीको आठौं संशोधनमाथि अध्ययन गरी व्यवसायीहरुको समस्या समाधान गर्ने बताएका हुन् । कुनैपनि नीति निर्माण गर्दा वैज्ञानीक ढंगले गरिने भएकाले व्यवसायीहरुको मागप्रति आफ्नो ध्यानाकर्षण भएको उनले बताए । 

निर्माण व्यवसायीहरुले नवनियुक्त मन्त्री नेम्बाङलाई ज्ञापनपत्र बुझाउँदै सार्वजनिक खरिद नियमावलीको आठौं संशोधनपछि आफुहरु कुनैपनि विकास निर्माणका काम गर्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । उनीहरुले बैंक क्रेडिट राख्नु पर्ने व्यवस्थामाथि पुर्नविचार गर्नसमेत आग्रह गरेका छन् ।

निर्माण व्यवसायीहरुले एकसाता देखि सार्वजनिक खरिद नियमावली २०७६ को आठौं संशोधनले व्यवसायीहरु मारमा परेको भन्दै विभिन्न मागसहित आन्दोलन गरिरहेका छन् ।