मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर ६ शुक्रबार १४:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

दाजुबाट बहिनी बलात्कृत

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ६ शुक्रबार १४:२२:००

रौतहटको फतुवा बिजयपुर नगरपालिकामा एक बालिका बलात्कृत भएकी छन् । फतुवा विजयपुर नगरपालिका १ का एक युवाले आफ्नै काकाको छोरी १३ वर्षीया बालिका बलात्कार गरेका हुन् । 

बिहीबार साँझ उनले घर नजिकैको उखुबारीमा बहिनीलाई बलात्कार गरेको स्थानीयले देखेपछि उनी भागेका थिए । पीडित बालिकाकाे परिवारले प्रहरीमा दिएको जाहेरीको आधारमा युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

पीडित किशोरीको चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा स्वास्थ्य परिक्षण गराइएको ईलाका प्रहरी कार्यालय सन्तपुर दोस्तीयाका प्रहरी निरीक्षक चन्द्रकिशोर साहले बताए ।