मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ६ शुक्रबार १३:१८:००
Read Time : < 1 मिनेट
समाचार

ओलम्पिक टर्च र्‍याली काठमाडौंबाट सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ६ शुक्रबार १३:१८:००

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च र्‍याली काठमाडौंबाट सुरु भएको छ । 

स्वयम्भू मन्दीर परिशरमा वरिष्ठ ओलम्पियन पूर्व धावक जितबहादुर केसीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले टर्च हस्तान्तरण गर्दै र्‍यालीकाे उदघाटन गरेका हुन् । ओलम्पियनहरुले ओलम्पिक टर्च देशका प्रमुख शहर र सातै प्रदेशमा पुर्याउने कार्यक्रम रहेको छ ।  

र्‍यालीको पहिलो दिन प्रदेश १ को विराटनगर, दोस्रो दिन प्रदेश २ को जनकपुर, तेस्रो दिन प्रदेश ३ को हेटौंडा र चितवन, चौथो दिन प्रदेश ५ को लुम्बिनी र बुटवल, पाँचौं दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ५ को नेपालगन्ज, छैटौं दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौं गण्डकी प्रदेशको पोखरा लगिने छ ।

आठौं दिन टर्चलाई पोखरा नगर परिक्रमा गराइने छ । नवौं दिन काठमाडौंको विभिन्न स्थानमा परिक्रमा गराइ साग उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दीप प्रज्ज्वलन गरि र्‍याली सम्पन्न हुनेछ ।  

र्‍यालीमा ओलम्पियनहरु तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका वैकुण्ठ मान्धर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा लगायतको सहभागिता रहने छ । सात राष्ट्रको सहभागितमा तीन हजार भन्दा बढी खेलाडीले भाग लिने सागमा २६ खेल समावेश छन् । सागको उद्घाटन १५ मंसिरमा र समापन २४ मंसिरमा हुनेछ ।