Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार ०९:०८:००
Read Time : < 1 मिनेट
सप्तरंग

रणवीरको ट्रेलरमा भरमार एक्सन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष २८ शनिबार ०९:०८:००

रणवीर फिल्मको ट्रेलर शुक्रबार राजधानीमा प्रेसमिट गरी सार्वजनिक गरिएको छ । माघ १८ गते प्रदर्शन हुने फिल्मको ट्रेलर एक्सनले भरिएको छ । साथमा प्रेम र पीडा पनि समावेश छ । 

गोविन्दसिंह भण्डारीको लेखन र निर्देशन रहेको रणवीर दीपेन्द्र रेग्मी र गोमा विष्ट थापाले निर्माण गरेका हुन् । फिल्ममा सुशील सिटौला, प्रशान्त ताम्राकार, शुभेक्षा खड्का, सुपुष्पा भट्ट, हरिहर शर्मा, भोलराज सापकोटा, टीका पहाडी, नरेश पौडेललगायतका कलाकारले अभिनय गरेका छन् ।

कार्यक्रममा निर्माता दीपेन्द्रले पूर्ण मनोरञ्जनको हेतुले रणवीर निर्माण गरिएको बताए । यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका गोविन्दसिंहले आफ्नो पहिलो प्रयास दर्शकले स्विकार्ने विश्वास व्यक्त गरे । रामजी लामिछाने र सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको फिल्म महेश पौडेलले खिचेका हुन् ।