मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ मङ्सिर ६ शुक्रबार १२:४६:००
Read Time : < 1 मिनेट
समाचार

कार्यपालिका सदस्यद्वारा बेबारीसे बृद्धको उद्धार

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ६ शुक्रबार १२:४६:००

बेलबारी नगरपालिकाकी कार्यपालिका सदस्य बिन्दुकला गुरुङले बेवारीसे पुरुषको उद्धार गरेकी छिन् । उनले अन्दाजी ७० वर्षका बृद्धको उद्धार गरी उपचार गराएकी हुन् । 

विगत केही दिनदेखि लोहान्द्रा खोलाको किनारमा बस्दै आएका बृद्धको उदार गरि उपचार गरेको उनले बताइन् । खोला किनारमा एक बृद्ध अचेत अबस्थामा छन् भनेर केही युवाहरुले फोन गर्नुभयो, उनले भनिन्, बृद्ध बालुवा माथि लडिरहेको भेटायौ । उद्धार गरी चिया र नास्ता खुवाएपछि बृद्धले आफनो नाम चरम चौधरी बताएको उनले बताइन् । चौधरीलाई नगरपालिकामै नुवाई धुवाई गराएर स्वास्थ्यकर्मीको टोलीले उपचार गरेका थिए । 

चिसो समयमा बाहिर भएकोले बृद्धको स्वास्थ्यमा समस्या देखिएको तर अन्य रोग भने नभएको बेलबारीका स्वास्थ्य संयोजक सन्तोष बिश्वकर्माले बताए । 

बृद्ध चौधरीको उपचार खर्च नगरपालिकाले बेहोर्ने र उनको गाँस वासका लागि अन्य पहल थाल्ने गुरुङले बताएकी छिन् । 

केही दिन अघि प्रदेश १ का सामाजिक बिकास मन्त्री जीवन घिमिरेले पनि एक जनाको उद्धार गरेका थिए ।