मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ६ शुक्रबार ११:५९:००
Read Time : < 1 मिनेट
समाचार

राइड टु सिन्धुलीगढी साइकल यात्रा सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ६ शुक्रबार ११:५९:००

काठमाडौंको पशुपति क्षेत्रबाट रनइड टु सिन्धुलीगढी साइकल यात्रा सुरु भएको छ । समृद्ध सिन्धुली अभियानले हरेक वर्ष आयोजना गर्दै आएको साइकल यात्राको शुभारम्भ पर्यटनमन्त्री योगेश भट्टराईले गरेका छन् । 

शुक्राबारबाट सुरु भएको यस वर्षको साइकल यात्रामा यात्रीहरुको उल्लेख्य सहभागिता रहेको छ । आजको साइकल यात्रा जनकपुरको जानकी मन्दीरमा पुगेर समापन हुनेछ । यात्रामा एक सय ६७ जना साइकलयात्रीको सहभागिता रहेको छ, जसमा १८ जना महिला रहेका छन् । 

साइकल यात्राका महिला सहभागीहरुलाई संयुक्त राष्ट्र संघ र व्रिटिस काउन्सिलले सहयोग गरेको छ । समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीको प्रवद्र्धन गर्न विगत चार वर्षदेखि राइड टु सिन्धुलीगढी आयोजना गर्दै आएको छ । साइकल यात्रीले दुई सय ५० किलोमिटरको यात्रा चार दिनमा सम्पन्न गर्ने छन् ।