१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर ६ शुक्रबार ११:३३:००
Read Time : > 1 मिनेट
प्रदेश

दुई महिनापछि भाचोक खोलाको पानी बेँसीसहरमा

Read Time : > 1 मिनेट
२०७६ मङ्सिर ६ शुक्रबार ११:३३:००

खानेपानी अभाव झेल्दै आएका बेँसीसहरवासीले दुई महिनाभित्रै स्वच्छ खानेपानी उपभोग गर्न पाउने भएका छन् । जिल्लाकै ठूलो निर्माणधीन भाचोक खोला खानोपानी आयोजनाले अबको दुई महिनाभित्रै बेँसीसहरवासीलाई पानी वितरण गर्न लागेको हो । 

नगरपालिकाका अनुसार आयोजना निर्माण ९० प्रतिशत सकिएको छ । बेँसीसहर नगरपालिका–१० भाचोक खोलाको पानी ६ किलोमिटर दूरीमा रहेको बेँसीसहरमा ल्याएर बाढ्न लागिएको हो ।

बेँसीसहर सहलगानी खानेपानी तथा सरसफाइ (भाचोक खोला मुहान) आयोजनाबाट एक महिनाभित्र बेँसीसहरमा खानेपानी ल्याउने तयारी छ । ‘दुई महिनामा नागरिकले पिउन मिल्ने शुद्ध खानेपानी वितरण गर्छौँ ।’ संघीय खानेपानी तथा ढल व्यावस्थापन आयोजना लमजुङका आयोजना प्रमुख रामचन्द्र काफ्लेले भने । उनका अनुसार यो आयोजना जिल्लाकै नमुना र आधुनिक आयोजना हो । 

नेपाल सरकारको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लगानीमा आयोजना निर्माण भएको हो । हाल आयोजनाको इन्टेकको काम सम्पन्न भएको छ भने पानी प्रशोधन केन्द्रको करिब ९८ प्रतिशत काम सकिएको छ । यसैगरी, ९ लाख लिटरको ३ वटा पोखरी निर्माण भइसकेको आयोजनाले जनाएको छ । भाचोक खोलाबाट बेँसीसहरमा पानी ल्याउन मस्र्याङ्दी नदीबाट पाइप क्रसिङका लागि २५ लाखमा झोलुंगेपुलसमेत निर्माण गरिएको छ । मुख्य खानेपानी लाइन जडान तथा बेँसीसहरमा शाखा लाइन विस्तार अन्तिम चरणमा रहेको बेँसीसहर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमार प्रधानले बताए ।

प्रतिसेकेन्ड २५ लिटर पानी आउने
बेँसीसहरमा प्रतिसेकेन्ड २५ लिटर पानी आइपुग्ने भाचोक खोला खानेपानी आयोजनाले जनाएको छ । आयोजना सम्पन्न भएपछि बेँसीसहरवासीलाई २० वर्षसम्म खानेपानी अभाव नहुने अध्यक्ष प्रधानले बताए । उनले भने, ‘०७४ साउनबाट निर्माण सुरु गरिएको आयोजना ०७६ को असार मसान्तमा सम्पन्न गर्नुपर्ने सम्झौता थियो । 

ठेकेदार कम्पनी महादेव खिम्ती पराजुली जेभीले निर्धारित समयमै काम सम्पन्न नगरेपछि ६ महिना म्याद थप गरेको थियो । निर्माण सामग्री ढुवानीका लागि बाटोको समस्या, रिभर क्रसिङ डिजाइन परिवर्तन, मस्र्याङ्दी नदीको पुल निर्माणमा ढिलाइ, आयोजना सम्झौतामा ढिलाइ, चुनाव, चाडपर्वलगायत कारणले आयोजना निर्धारित समयमा सम्पन्न गर्न नसकेको निर्माण कम्पनीले जनाएको छ ।