Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका अर्घाखाँची
२०७६ मङ्सिर ६ शुक्रबार १०:१३:००
Read Time : < 1 मिनेट
प्रदेश

नमुना मतदानमा दुई मत बदर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका अर्घाखाँची
२०७६ मङ्सिर ६ शुक्रबार १०:१३:००

जिल्ला निर्वाचन कार्यालयले मालारानी गाउँपालिका वडा नं ३ मा नमुना मतदान सम्पन्न गरेको छ । नमुना मतदानमा स्थानीयवासी उत्साहजनक रूपमा सहभागी भएका थिए । 

निर्वाचन आउनुअघि नै नमुना मतदान गर्न पाउँदा खुसी लागेको स्थानीय मधु खनालले बताए । ‘निर्वाचनको दिनजस्तै लागेको छ । कसरी मतदान गर्ने भन्नेबारे जानकारी पनि पाइयो । खुसी लागेको छ ।’ मतदानमा सहभागी हुने मतदाताले मतपत्र प्रयोग गर्दा बदर नहोस् भन्ने उद्देश्यले नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालयका निमित्त कार्यालय प्रमुख रवि अर्यालले बताए ।

यसले मतदान गर्ने तरिका, मतपत्र लिएर बाकसमा राख्दासम्म ध्यान दिनुपर्ने विषयवस्तु जानकारी दिन मद्दत गरेको बताए । नमुना मतदानमा दुईवटा मत बदर भएका थिए । मतदान अधिकृतको हस्ताक्षर नभएका दुईवटा मतपत्र मात्र बदर भएको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर कृष्ण वर्माले बताए । मतदानमा सहभागीले मतपत्रमा हस्ताक्षर भएको–नभएको यकिन गर्छन् कि गर्दैनन् भन्ने जानकारीका लागि दुईवटा मतपत्रमा हस्ताक्षर नगरी दिइएको थियो ।