१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ मङ्सिर ६ शुक्रबार ०९:४४:००
Read Time : > 2 मिनेट
अर्थ

बर्जर वातावरण र स्वास्थ्यमैत्री पेन्ट हो : सत्य प्रकाश

Read Time : > 2 मिनेट
२०७६ मङ्सिर ६ शुक्रबार ०९:४४:००

बाहिरी भित्ताका लागि होस् वा भित्री भित्ताका लागि होस्, घर पूरा हुनका लागि रङ लगाउनैपर्छ । अहिलेको अवस्थामा पेन्ट नभएको भवनलाई घर भन्न नसक्ने अवस्था आइसकेको छ । हाल बजारमा विभिन्न किसिम र कम्पनीका पेन्ट उपलब्ध छन् । यसैमध्ये बर्जर पेन्ट पनि एक हो । बर्जर पेन्ट र यसको विशेषताका विषयमा बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रालिका चिफ अपरेटिङ अफिसर सत्य प्रकाशसँग गरिएको कुराकानी :

सत्य प्रकाश, चिफ अपरेटिङ अफिसर, बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रालि

नेपालमा द्रुत गतिमा नयाँ घर बन्ने प्रतिस्पर्धा नै चलेको छ । ०७२ सालको भूकम्पपछिको पुनर्निर्माणले यसलाई थप गति दियो । नयाँ घरमा रङको प्रयोगमा कस्तो विविधता आएको छ ? 

अहिलेको समयमा एउटा घर बनाउनु भनेको जीवनभरको सपना साकार भएजस्तो हुन्छ । त्यसमा हामी सबैभन्दा राम्रो निर्माण सामग्री प्रयोग गर्न कोसिस गछौँं । त्यसपछि पेन्टको कुरा आउँछ । यसका लागि उपभोक्ता धेरै सचेत भएका छन् र धेरै छनोटबीच राम्रो प्रयोग गर्छन् । आजको समयमा आधुनिक प्रविधिबाट बनाएका पेन्ट जसमा प्रयोग भएका कच्चापदार्थबारे जानकारी लिएर घरको सुन्दरताका साथै घरको प्रोटेक्सन पनि भएका छन् । त्यो हिसाबले राम्रो घर राम्रो पेन्टका साथै सुन्दर तथा लामो समय टिक्ने रङको बजारमा माग छ र प्रयोग गर्नुपर्ने पनि त्यस्तै हो । 
 
पहिले पनि रातोमाटो, कमेरो प्रयोग गरेर घर सुन्दर बनाइन्थे, जुन वातावरणमैत्री र स्वास्थ्यमैत्री पनि थिए । आधुनिक रङ अझ तोकेरै भन्नुपर्दा बर्जर वातावरण र स्वास्थ्यका हिसाबले कस्तो छ ? 

बर्जरले सुरुदेखि नै वातावरणमैत्री पेन्ट बनाइरहेको छ । हामीले उत्पादन गरेको प्रत्येक बट्टामा वातावरणमैत्री भएको सर्टिफाइड नै गरेका छौँ । त्यसमा लेड, मर्करी र क्रोमियम नहालिएको उल्लेख गरेका छौँ । हामीले प्रयोग गर्ने कच्चापदार्थ अन्तर्राष्ट्रियस्तरको हुन्छ । हामीसँग भएका जुनसुकै रेन्जका पेन्टले पनि नेपाल गुणस्तरका सबै मापदण्ड पालन गरेका छन् । हामीले सुरुदेखि नै प्रयोगकर्तालाई कुनै खराबी नहोस् भन्नेमा सचेतना अपनाएका छौँ ।
 
बर्जर पेन्टमा लेड मिसाइएको छ भन्ने कतैकतै सुनिएको छ । वास्तविकता के हो ? 

बर्जरको विषयमा कुरा गर्नुपर्दा हाम्रो सम्पूर्ण रेन्ज नेपाल गुणस्तरको मापदण्डअनुरूप छ । यसमा कुनै पनि हानिकारक केमिकल छैन । त्यसैले बर्जर पूर्ण रूपमा वातावरणमैत्री तथा स्वास्थ्यमैत्री पेन्ट हो । 

बजारमा बर्जर पेन्टको अवस्था के ?

करिब २ दशकदेखि बर्जर पेन्टले आफ्नो गुणस्तरको कारण धेरै उपभोक्ताको विश्वास जित्न सकेको छ । कन्जुमर फ्रेन्डली र इकोफ्रेन्डली उत्पादनका कारण हामीले उपभोक्ताको धेरै सहयोग पाएका छौँ । आजको दिनमा समष्टिगत वार्षिक वृद्धिका हिसाबले सबैभन्दा छिटो बजार विस्तार गर्ने काममा बर्जर सबैभन्दा अगाडि छ । त्यस्तै उपभोक्ताको आवश्यकताका आधारमा इन्टेरियर र एक्सटेरियर दुवै प्रकारका पेन्टमा सबैभन्दा बढी रेन्ज बर्जरले नै उत्पादन गर्दै आएको छ । 

मेरो विचारमा अहिले बर्जर पेन्ट चल्नुको कारण पनि त्यही हो । हामी सधैँ गुणस्तरमा केन्द्रित हुन्छौँ । बजारमा ल्याएको पेन्टको गुणस्तरप्रति हामी पनि आस्वस्त छौँ, र उपभोक्ता पनि यसको गुणस्तरप्रति धेरै जागरुक छन् । हामीले इन्टेरियर वा एक्स्टेरियर दुवै प्रकारमा इमल्सन वेस्ट रङ बजारमा ल्याएका छौँ । त्यसमा फिनिसिङ, कभरिङ क्यापासिटी, लाइफ, कलर रिटेन्सन, प्रोटेक्सन फ्रम युभी रेजलगायत विशेषता छन् । त्यही कारणले नेपालका उपभोक्ता बर्जरप्रति विश्वस्त भएको हामीले पाएका छौँ । 

उपभोक्ताले बर्जर पेन्ट नै किन लगाउने ?

बर्जरको मुख्य विशेषता भनेको विश्वस्तरीय वातावरणमैत्री र उपभोक्ताको आवश्यकताअनुसारको उत्पादन हो । यसकै कारण अहिले उपभोक्ताले हामीलाई विश्वास पनि गरेका छन् । पेन्ट डेकोरेसन मात्र नभई प्रोटेक्सन पनि हो । 

एउटा घरमा राम्रो र गुणस्तरीय रङ लगाउने हो भने पनि यसको आयु ८ देखि १० वर्षसम्म बढ्छ । किनकि यसले प्रोटेक्टिभ लेयर पनि सिर्जना गर्छ । यसले बाहिर गारोमा पर्ने वातावरणीय प्रभाव कम गर्छ । ओसलाई भित्र जान दिँदैन ।