मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ मङ्सिर ६ शुक्रबार ०६:३०:००
Read Time : < 1 मिनेट
अर्थ

थापाले जिते सिटी एक्सप्रेसको पहिलो महिनाको १ लाख 

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ६ शुक्रबार ०६:३०:००

सिटी एक्स्प्रेसले सञ्चालन गरेको ‘लखपति एक्स्प्रेस २०७६–न यति न उति सिधैँ लखपति’ योजनाअन्तर्गत जापानमा कार्यरत बाग्लुङका गोबिन्दबहादुर थापाले पहिलो महिनाको १ लाख रुपैयाँ जितेका छन् । 

कम्पनीले बुधबार एक कार्यक्रमबीच योजनाको विजेता घोषणा गरेको हो । उनले लक्की ड्रमार्फत जितेको उपहार नेपालमा उनकी छोरी सिर्जना थापालाई हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ । 

कम्पनीको ३० मंसिरसम्म लागू हुने योजना अवधिभर सिटी एक्सप्रेसमार्फत रकम पठाउने ग्राहक योजनामा सहभागी हुन सक्नेछन् । हालसम्म दैनिक उपहार योजनाअन्तर्गत ६ सय ३० जनाले २ सय रुपैयाँको मोबाइल टप अप, साप्ताहिक रूपमा आठजनाले १० हजार रुपैयाँ जितिसकेका छन् ।