मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
केशव पाण्डे
२०७५ पौष २८ शनिबार ०८:१६:००
Read Time : < 1 मिनेट
साहित्य

एक दिन

Read Time : < 1 मिनेट
केशव पाण्डे
२०७५ पौष २८ शनिबार ०८:१६:००

एक दिन म 
म रहनेछैन  
म नभएको अवस्था
जसलाई देख्नेछन् अरूले 
र भन्नेछन्–
मान्छे खासै नराम्रो भने होइन
त्यस दिन 
खास दिन हुनेछ
एउटा जीवनको 
अवसानको दिन 
मेरा कोमल यी त्वचाले 
मुलायम स्पर्शको अनुभूति गर्नेछैनन्
मेरा सधैँ मिठा वाणी
श्रवण गर्न उत्सुक यी दुवै कान
कुनै अप्रिय वाणीको प्रहारले 
उत्तेजित हुनेछैनन् 
र मेरा भावना !


साना–तिना उपहासले 
मर्माहत हुनेछैनन्
निष्ठुरतासाथ जति निर्मम प्रहार भए पनि
बेअर्थको रहनेछ,
दुख्ने छाती र ग्रहण गर्ने चेतना
मेरो आत्मवञ्चना र अहं तृप्ति
तिरोहित हुनेछन्,
न खुसीमा हाँस्नेछन् मेरा ओठहरू
र, न पीडामा रुनेछन् मेरा आँखाहरू
म त्यस दिन
म भएर पनि
नभएको हुनेछु ।