मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
बीएम सिंह
२०७६ मङ्सिर ६ शुक्रबार ०८:५८:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

कस्मिर समस्याको मारमा स्याउ उत्पादक कृषक

Read Time : > 1 मिनेट
बीएम सिंह
२०७६ मङ्सिर ६ शुक्रबार ०८:५८:००

एउटा भनाइ छ, दैनिक एउटा स्याउले हामीलाई डाक्टरबाट टाढा राख्छ । तर, भारतको कुल स्याउको ७५ प्रतिशत हिस्सा ओगट्ने कस्मिरी स्याउ उत्पादक किसान वर्तमान कस्मिर समस्याबाट सिर्जित अशान्ति, अस्थिरता र प्राकृतिक दुर्योगका कारण आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन् । जब कि लगातार पछिल्ला दुई वर्ष घाटामा गएपछि यस वर्ष कस्मिरी स्याउ उत्पादकले भारी उत्पादनको आशा गरिरहेका थिए ।

अखिल भारतीय किसान संघर्ष समन्वय समिति (एआइकेएसिसी) ले स्याउ उत्पादकको वास्तविक अवस्था बुझ्न कस्मिरमा एक प्रतिनिधिमण्डल पठाएको थियो । प्रतिनिधिमण्डलले सयौँ किसान तथा सबै जिल्लाबाट आएका किसान संगठनका नेतासँग छलफल ग-यो । त्यसपछि हामीले गन्दरबल, कुलगाम र अनन्तनाग जिल्लाका सबै स्याउ बगैँचा तथा पुलवामास्थित केसरको खेत अवलोकन गर्यौं । कस्मिर चेम्बर अफ कमर्सका सदस्यँग पनि प्रतिनिधिमण्डलले वार्ता ग¥यो । त्यहाँ सबै उत्पादकको समस्याबारे छलफल भयो । कोल्ड स्टोरेज, परिवहन, मूल्य, बिमा आदि विषयमा विस्तृत छलफल भयो । 

कस्मिरको अर्थव्यवस्था स्याउमा टिकेको छ, स्याउबाटै बर्सेनि झन्डै १० हजार करोड रुपैयाँ आय हुन्छ । चेम्बरका सदस्य भन्दै थिए कि कस्मिरमा निवेशबारे कुरा थाल्नु स्वागतयोग्य छ, तर पहिल्यैदेखि चल्दै आएका उद्योगको संरक्षण पनि उत्तिकै जरुरी छ । 

बेमौसमी भारी हिमपातका कारण पहिल्यै निराश भएका उत्पादक अहिले थप मुस्किल घडीमा छन् । एकातर्फ जम्मु–कस्मिरलाई केन्द्र शासित प्रदेश बनाउने सरकारको निर्णयपछि यहाँ कफ्र्यु लागेको छ र त्रास फैलिएको छ । जसकारण अंगुर र चेरीको व्यापार राम्रो भएन र अर्थव्यवस्थामा ठूलो नोक्सानी भयो । अर्कातर्फ, लगातार दुई वर्ष घाटा गएपछि यस वर्ष उत्पादन बढ्ने सम्भावनालाई कस्मिरको राजनीतिक अस्थिरताले आघात पु¥याएको छ । किनकि परिवहन व्यवस्था ठप्प हुँदा किसानले सेप्टेम्बर र अक्टोबरमा स्याउ टिप्न सकेनन् । 

भारतको कुल स्याउको ७५ प्रतिशत हिस्सा ओगट्ने कस्मिरी स्याउ उत्पादक किसान वर्तमान कस्मिर समस्याबाट सिर्जित अशान्ति, अस्थिरता र प्राकृतिक दुर्योगका कारण आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन्
 

स्याउ उत्पादक किसानलाई राहत दिन केन्द्र सरकारले पछिल्ला दिनमा उनीहरूसँग सम्पर्क ग-यो र राष्ट्रिय कृषि सहकारी बजार महासंघ (नाफेड) ले राम्रो मूल्य दिएर स्याउ खरिद गर्न सुरु ग-यो । तर, भारी हिमपातले स्याउसँगै स्याउको रूखमा पनि नोक्सानी ग-यो । किसानको आशामा फेरि तुसारापात भयो । 
नाफेडले अहिलेसम्म स्याउका एक लाख ५० हजार बक्सा मात्रै खरिद गर्न सकेको छ । जब कि पछिल्लो पटक १० करोड बक्सा स्याउ बिकेको थियो । हिमपातबाट स्याउका रूखमा भारी क्षति पुगेकाले आउने वर्षमा पनि उत्पादन प्रभावित हुनेछ ।

स्याउको रूखलाई १४–१५ वर्षसम्म स्याहार गर्नुपर्ने हुन्छ, त्यसपछि मात्र यसले फल दिन्छ । युवापिँढीलाई खेतीमा रुचि छैन । यस्तोमा ५५–६० वर्षका किसानका लागि स्याउको रूख रोप्नु र १०–१५ वर्ष फलका लागि प्रतीक्षा गर्नु सम्भव हुँदैन । 

केन्द्र शासित प्रदेश भएकाले जम्मु–कस्मिर अब केन्द्रको अधीनमा छ । यस्तोमा सरकारले चाहेमा यहाँ राष्ट्रिय आपत्काल घोषणा गर्दै कस्मिरका स्याउ उत्पादकलाई एनडिआरएफमार्फत राहत प्रदान गर्न सक्छ । यससँगै सरकारले स्याउको न्यूनतम समर्थन मूल्य (एमएसपी) सुनिश्चित गर्दै कृषिजस्तै यसलाई पनि बिमाको दायरामा ल्याउनुपर्छ । यसबाट कस्मिरका किसानको भरोसा जित्नुका साथै दैनिक एक स्याउमार्फत जनतालाई डाक्टरबाट टाढा राख्न सकिन्छ । 
(लेखक अखिल भारतीय किसान संघर्ष समन्वय समितिका संयोजक हुन्) अमर उजाला डटकमबाट