मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७६ मङ्सिर ६ शुक्रबार ०८:२१:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसकारण आउँछ महिलामा दाह्रीजुँगा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ मङ्सिर ६ शुक्रबार ०८:२१:००
 डा. सविना भट्टराई
प्राध्यापक/छालारोग विशेषज्ञ
काठमाडौं मेडिकल कलेज 

अनावश्यक रूपमा दाह्री वा जुँगा पलाउने समस्याबाट धेरै महिला पीडित भइरहेका हुन्छन् । यसले महिलाको सौन्दर्यमा नै असर पु¥याइरहेको हुन्छ । चिकित्सकका अनुसार अधिकांश महिलामा हर्माेनको कारणले शरीरमा रौँ पलाउँछन् । कतिपय अवस्थामा महिलामा पुरुषको जस्तै दाह्री–जुँगा आउने र छाती र यौनांगमा समेत अनावश्यक रौँ पलाउने हुन्छ ।

कारण 
महिलामा विभिन्न कारणले गर्दा अनुहारमा रौँ पलाउने गर्छ । जसमा स्वास्थ्यमा आउने गडबडी मुख्य हो । खासगरी महिलाको शरीरमा रहेको टेस्टोरोन हर्माेनका कारण यस्तो समस्या देखापर्छ । त्यस्तै, विनाकारण हुने इडियोपार्थिकले पनि महिलामा दाह्री–जुँगा देखिन्छ । पोलिस्टिक सिन्ड्रोमका कारण पनि कपाल बढी पलाउने गर्छ । त्यस्तै, डिम्बाशयमा हुने कुनै ट्युमरका कारण शरीरको विभिन्न भागमा अनावश्यक रौँ पलाउने गर्छ ।

त्यस्तै, पुरुषको तुलनामा महिलामा छिटोछिटो हर्माेन गडबड हुने भएकाले रौँ देखापर्छ । यसबाहेक छालासम्बन्धी रोग र थाइराइडमा समस्या हुने व्यक्तिमा अनावश्यक कपाल पलाउने सम्भावना बढी रहन्छ । कतिपय महिलामा भने वंशाणुुगत गुणका कारणसमेत दाह्री–जुँगा पलाउने गर्छ । त्यस्तै, हर्मोन परिवर्तन गर्ने औषधिको जथाभावी प्रयोगका कारणसमेत अनावश्यक रौँ देखापर्छन् । 

समाधान
अनुहारमा आउने अनावश्यक रौँ हटाउन अस्थायी र स्थायी दुईटा तरिका अपनाउन सकिन्छ । अस्थायी रूपमा थे्रडिङ, कपडामा चिनी लगाएर निकाल्ने घरेलु उपाय, एपोलिङ र वासिङजस्ता विभिन्न तरिका अपनाउन सकिन्छ । यस्तै, बजारमा पाइने कपाल हटाउने क्रिमको प्रयोगबाट पनि अस्थायी रूपमा समस्या समाधान गर्न सकिन्छ । चिकित्सकीय विधिद्वारा लेजर गरेर कपाल स्थायी रूपमै हटाउन पनि मिल्छ ।