१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ मङ्सिर ५ बिहीबार १५:२८:००
Read Time : < 1 मिनेट
समाचार

हात्तीपीडित परिवारलाई राहत प्रदान

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ५ बिहीबार १५:२८:००

सामुदायिक वन समन्वय समिति कञ्चनपुरले हात्तीपीडित परिवारलाई नगद राहत प्रदान गरेको छ । 

गत २९ असोजमा जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएका शुक्लाफाँटा नगरपालिका १ बन्साहका बलदेब बोहराको परिवारलाई राहत स्वरुप २५ हजार रुपैयाँ सहयोग गरिएको हो । 

सामुदायिक वन समन्वय समितिका उपाध्यक्ष अर्जुन साउदले पीडित परिवारलाई नगद २५ हजार राहत सहयोग गरिएको बताए । उपाध्यक्ष साउदका अनुसार बन्यजन्तु राहत कोषबाट उक्त रकम सहयोग गरिएको हो ।  राहत हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेशसभा सदस्य महेश दत्त जोशीले स्व. बोहराकी धर्मपत्नी मैनादेवी बोहरालाई नगद रकम हस्तान्तरण गरेका थिए । 

प्रदेशसभा सदस्य जोशीले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि राहतका साथै जंगली जनावरको आतंक रोक्नका लागि कार्यक्रम ल्याउन पहल गर्ने आवश्वासन दिए । सामुदायिक वन समन्वय समितिका अध्यक्ष शिवदत्त पन्तको अध्यक्षतामा राहत रकम सहयोग गरिएको थियो ।