१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ५ बिहीबार १४:२८:००
Read Time : < 1 मिनेट
समाचार

द्वन्द पीडितहरुको काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर ५ बिहीबार १४:२८:००

द्वन्द पीडितहरुले न्यायको खोजी गर्दै सरकारविरुद्ध बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन् । वेपत्ता आफन्तको अवस्था अझै सार्वजनिक नगरिएको भन्दै उनीहरुले काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गरेका हुन ।

विस्तृत शान्ति सम्झौंत पूरा भएको १३ वर्ष पुगेको अवसर पारेर प्रदर्शनमा उत्रिएका उनीहरुले वेपत्ता आफन्तको अवस्था तत्काल सार्वजनिक गर्न, पीडितलाई तत्काल परिपुरणको व्यवस्था गर्न तथा पीडकमाथि कडा कारवाही गर्न सरकारलाई पुनः दवाव दिएका छन् । द्वन्द पीडित साझा चौंतारीका अध्यक्ष भागिराम चौंधरीले द्वन्दकालका पीडितलाई न्याय दिन र दोषीमाथि कडा कारवाही गर्न सरकारसँग माग गर्दै १३ वर्ष पछि पनि विरोध प्रदर्शनमा उत्रनु परेको बताए । उनले विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पुग्दा पनि पीडितलाई न्याय दिने काम नगरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरे ।