मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ५ बिहीबार १३:४३:००
Read Time : < 1 मिनेट
अर्थ

एनआइसीको नयाँ योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ मङ्सिर ५ बिहीबार १३:४३:००

एनआइसी एसिया बैंकले ग्राहकलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको ‘सुपर चामत्कारिक मासिक निक्षेप खाता’ योजना सार्वजनिक गरेको छ । बैंकको ‘सुपर चामत्कारिक रिकरिङ निक्षेप खाता’को नाम परिर्वतन मात्र गरी योजन ल्याएको बंैकले जनाएको छ । 

रिकरिङ निक्षेप विशेष प्रकारको मुद्दती निक्षेप योजना हो जसमा ग्राहकले भविष्यमा विभिन्न योजनालाई चाहिने वित्तीय स्रोत जुटाउन मासिक रूपमा किस्ताको हिसाबले रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ । योजनाअन्तर्गत ग्राहकले ३ महिनादेखि १० वर्षसम्मका लागि आफ्नो आवश्यकताअनुसार खाता खोल्न र मुद्दती निक्षेपकै ब्याज आर्जन गर्न सक्नेछन् ।