मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर ५ बिहीबार १२:४३:००
Read Time : < 1 मिनेट
समाचार

दुई थान पेस्तोल र म्यागजिनसहित एक पक्राउ

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ५ बिहीबार १२:४३:००

सिरहाको पश्चिमवर्ती कल्याणपुर नगरपालिका २ कमला नदी किनारमा पर्ने चतरीघाटबाट प्रहरीले दुई थान स्वचालित अमेरिकी पेस्तोल र खाली म्यागजिनसहित एक युवकलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सिरहाबाट सादा पोशाकमा खटिएको गस्ती प्रहरीले कल्याणपुर नगरपालिका ३ इटारीप्रसाहीका २१ वर्षीय अहमद मियाँलाई बुधबार सात र नौ एमएम लेखिएको दुई थान स्वचालित पेस्तोलसहित पक्राउ गरेको सिरहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए । 

प्रहरी उपरीक्षक चतुर्वेदीका अनुसार प्रहरीले दुई थान स्वचालित पेस्तोलसँगै त्यसमा लाग्ने दुई थान खाली म्यागजिन समेत बरामद गरेपछि पक्राउ गरिएका मियाँलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ । 

सादा पोशाकमा रहेको गस्ती टोलीले शंकास्पद अवस्थामा हिडिरहेका मियाँलाई रोकेर चेकजाँच गर्दा मेड इन युएसए लेखिएको सात एमएमको स्वचालित पेस्तोल र खाली म्यागजिन भेटिएको  प्रहरी उपरीक्षक चतुर्वेदीले जानकारी दिए । उनका अनुसार प्रहरीलाई देखेपछि मियाँले बाटो छेउमै रहेको धान खेतमा फालेका फेट्रिब्राटा यु.एस.ए. नौ एमएम लेखिएको पेस्तोल र  त्यसको खाली म्यागजिन बरामद भएको हो ।