मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ मङ्सिर ५ बिहीबार ०५:५५:००
Read Time : < 1 मिनेट
अर्थ

बाजेको सेकुवा अब भक्तपुरमा पनि

Read Time : < 1 मिनेट
२०७६ मङ्सिर ५ बिहीबार ०५:५५:००

‘बाजेको सेकुवा’ रेस्टुरेन्टले भक्तपुरमा पनि शाखा विस्तार गरेको छ । मौलिक नेपाली स्वादको सेकुवा बिक्री गर्दै आएको रेस्टुरेन्टले भक्तपुरमै पहिलोपटक गठ्ठाघरमा बुधबारबाट सेवा विस्तार गरेको हो । बाजेको भेन्चर प्रालिले देशभर फ्रान्चाइज मोडलमा शाखा विस्तार गरिरहेको जनाएको छ । 

बाजेको सेकुवाकी निर्देशक नितिमा कार्की र समाजसेवी सरस्वती थापाले बुधबार गठ्ठाघर शाखाको शुभारम्भ गरे । गठ्ठाघर शाखामा भने कम्पनीले फ्रान्चाइजरका रूपमा अमित दाहाल, प्रशान्त गिरी र प्रविन थापालाई जिम्मेवारी दिएको छ । काठमाडौंको सिनामंगलबाट चार दशकअघि सुरु भएको बाजेको सेकुवाले अहिलेसम्म १४ शाखा विस्तार गरेको छ । गएको तीन महिनायता मात्रै ललितपुरको कुमारीपाटी र अमेरिकाको डालास र भक्तपुरको गठ्ठाघर गरी तीनवटा शाखा विस्तार गरेको छ । 

उपत्यकाभित्र मात्रै ९ शाखा छन् । अमेरिकामा दुईवटा र उपत्यकाबाहिर ३ वटा शाखा रहेका छन् । अब अस्ट्रेलिया र बेलायतमा पनि शाखा विस्तार गर्ने तयारी रहेको बाजेको सेकुवाका अपरेसन म्यानेजर सञ्जीव तिमल्सिनाले जानकारी दिए । नेपालमा जनकपुर, नेपालगन्ज, वीरगन्ज, विराटनगर र चितवनको मुग्लिनमा शाखा सञ्चालनको तयारी रहेको उनले बताए ।